०८ साउन २०८३, शुक्रबार

वीर अस्पतालले क्यान्सरको उपचारमा बजेटको सदूपयोग गरेनः उमेश श्रेष्ठ

वीर अस्पतालले क्यान्सरको उपचारमा बजेटको सदूपयोग गरेनः उमेश श्रेष्ठ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगको उपचारमा वीर अस्पतालले बजेटको सदूपयोग गर्न नसकेको गुनासो गरेका छन् । सरकारले सहज ढंगले नागरिकको उपचार गराउन बजेटको व्यवस्था गरे पनि त्यसको सदूपयोग गर्न नसकेको भन्दै उनले अस्पताल व्यवस्थापनको आलोचना गरेका हुन् । 

बिहीवार वीर अस्पतालको १३३औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले वीर अस्पताल मुलुकको सबैभन्दा जेठो अस्पताल भएकाले स्वास्थ्य क्षेत्रलाई आवश्यक पर्ने जनशक्तिको विकासमा ध्यान दिनुपर्ने आवश्यक्ता औँल्याए । 

समारोहमा अस्पतालका कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले विरामीहरूको चापलाई धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गरे । उनले पुराना भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि अस्पताललाई बजेटको आवश्यक्ता रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्