
काठमाडौं, १२ साउन – नेपाल आइडलका टप नौ प्रतिस्पर्धी सुरज थापाले नयाँ गीत बजारमा ल्याएका छन् ।
‘ओ प्रिया’ बोलको गीतमा सुरज थापाको स्वर, शब्द र संगीत रहेको छ । गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
लामो समयदेखि संगीतमा सक्रिय सुरज थापाले नेपाल आइडलपछि भने हजारौं फ्यान कमाएका छन् । गीतको भिडियोमा निराजन प्रधान र सुमी मोक्तानलाई फिचरिङमा देख्न सकिन्छ भने हरि हुमागाईँको निर्देशन छ ।