०२ साउन २०८३, शनिबार

कोरोना संक्रमणबाट २ जनाको निधन, ७१० जनामा नयाँ संक्रमण पुष्टि

कोरोना संक्रमणबाट २ जनाको निधन, ७१० जनामा नयाँ संक्रमण पुष्टि

कोरोना भाइरसको संक्रमणका कारण बिहीवार थप २ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पछिल्लो २४ घण्टामा दुई जनाको निधन भएको उल्लेख छ । 

यस्तै पछिल्लो २४ घण्टामा ७ सय १० जनामा नयाँ संक्रमण पुष्टि भएको छ । कूल ५ हजार २५ नमूना परीक्षण गर्दा ७ सय १० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ५ सय ४१ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २४ र २ हजार ४ सय ८४ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ३६ पुगेको छ । 

संक्रिय संक्रमितमध्ये ४ हजार ८० जना होम आइसोलसनमा, १५६ जना संस्थागत आइसोलेसन, ३३ जना आईसीयू र ३ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

त्यसैगरी विगत २४ घण्टामा २ सय १५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्