२९ असार २०८३, सोमबार

धेरै कफी पिउँदा हुनसक्छ अन्धोपनः दैनिक पिउने कफीको सही मात्रा जान्नुहोस्

धेरै कफी पिउँदा हुनसक्छ अन्धोपनः दैनिक पिउने कफीको सही मात्रा जान्नुहोस्

सामान्यतयाः धेरै व्यक्तिको केही न केही मनपर्ने पेय पदार्थ हुन्छ । केही चिसो, कोही तातो पेय पदार्थ सेवन गर्न मन पराउँछन् । पेय पदार्थमध्ये पनि धेरै जनाको रोजाई कफी हुने गर्दछ । 

कफीका पारखीहरू दिनको शुरूवात नै एक कप ‘स्ट्रोङ कफी’बाट गर्न मन पराउँछन् । उनीहरू कफी पिएपछि शरीरमा स्फूर्ति आउने बताउँछन् । कफीका पारखीहरू बिहान मात्र होइन दिनभरिमा पनि धेरै कफी पिउन मन पराउँछन् । 

नेपालमा पनि कफीको पारखीहरू धेरै छन् । संसारभर भएकामध्ये कफी सबैभन्दा चर्चित पेय पदार्थ भएको विभिन्न अध्ययनहरूले देखाएका छन् । स्टेटिस्टा रिसर्च डिपार्टमेन्टका अनुसार सन् २०२२ मा भारतमा कफीको खपत १२ लाख १० हजार ६० किलोग्राम भएको थियो । २०२१ मा विश्वभर कफीको खपत १६५ मिलियन ६० किलोग्राम भन्दा बढी थियो । त्यसमध्ये युरोपियन मुलुक तथा अमेरिकामा कफीको खपत सबैभन्दा बढी छ । 

अनुसन्धानका अनुसार कफीको अधिक सेवनले केही गम्भीर प्रकारका बिरामी पनि हुनसक्ने देखिएको छ । कफीका कारण मुख्यतः टाइप २ डायबिटिज र फ्याटी लिभर डिजिज तथा केही क्यान्सरलाई समेत सहयोग पुर्‍याउने देखिएको छ । कफीको अधिक सेवनले आँखाको ज्योति गुम्न सक्नेतर्फ पनि विज्ञहरूले सचेत गराएका छन् । 

रक्तचाप बढ्ने 

‘द मिरर’का अनुसार कफी धेरै पिउँदा ‘ग्लूकोमा’ अर्थात मोतियाविन्दु हुनसक्छ । यसको समयमै उपचार गरेन भने आँखाको ज्योति नै गुम्नसक्ने बताइन्छ । विज्ञहरूका अनुसार कफीमा धेरै मात्रामा ‘क्याफिन’ पाइन्छ । 

क्याफिनयुक्त पेय पदार्थले शरीरमा रक्तचापको मात्रा बढाउँछ । जसले गर्दा आँखामा दबाब बढ्छ । यदि कसैको आँखामा लगातार दबाब बढ्दै गएमा मोतियाविन्दु हुनसक्छ । मोतियाविन्दु अन्धोपनको प्रमुख कारण हो । 

हार्बर्ड मेडिकल स्कुलले गरेको अनुसन्धान अनुसार तीन वा त्योभन्दा बढी कप कफी पिउँदा ‘एक्सफोलिएशन ग्लूकोमा’को जोखिम बढ्ने गर्दछ । मुख्यतः मोतियाविन्दु शरीरमा तरलको मात्रा अधिक निर्माण भई आँखाको अप्टिक नसामा दबाब बढेपछि हुने गर्दछ । तर, मोतियाविन्दुको कारण कफीको सेवन मात्र भने होइन । 

कति मात्रामा पिउने कफी 

हेल्थलाइनका अनुसार सबै कफीमा ‘क्याफिन’को मात्रा अलग–अलग हुनसक्छ । सामान्यतया एक कप कफीमा ५० देखि ४०० मिलिग्रासम्म क्याफिनको मात्रा पाइन्छ । औसतमा एक कप कफीमा १०० मिलिग्राम ‘क्याफिन’ पाइन्छ । 

विशेषज्ञहरूका अनुसार दिनमा लगभग ४०० मिलिग्रामसम्म ‘क्याफिन’ पिउनु स्वास्थ्यका लागि जोखिम हुँदैन । अर्थात् सामान्य अवस्थामा दैनिक चार कपसम्म कफी पिउन सकिन्छ । तर, त्यसभन्दा बढी कफी पिउनु स्वास्थ्यका लागि ठीक नहुने विज्ञहरूको राय छ । सही मात्रामा कफी पिउँदा यसले शरीरमा फाइदा पनि गर्छ । कफीको दानामा ‘क्लोरोजेनिक एसिड’ (सीजीए) पाइन्छ । जुन ‘एण्टी अक्सिडेन्ट’को राम्रो स्रोत हो । जसले रक्तचापलाई कम गर्न र रगतको सञ्चार प्रक्रियालाई सहज बनाउन सहयोग गर्छ । 

salt training

कमेन्ट गर्नुहोस्