३२ असार २०८३, बिहीबार

कोरोना संक्रमणबाट २ जनाको निधन, ४३८ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट २ जनाको निधन, ४३८ जनामा संक्रमण पुष्टि

कोरोना भाइरसको संक्रमणका कारण शनिवार थप २ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पछिल्लो २४ घण्टामा दुई जनाको निधन भएको उल्लेख छ । 

यस्तै पछिल्लो २४ घण्टामा ४ सय ३८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । कूल ३ हजार ६ सय ९९ नमूना परीक्षण गर्दा ४ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ७ सय ७९ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ९२ र १ हजार ९ सय २० नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ६९ पुगेको छ । 

संक्रिय संक्रमितमध्ये ४ हजार २ सय १८ जना होम आइसोलसनमा, १ सय ५१ जना संस्थागत आइसोलेसन, ३३ जना आईसीयू र ४ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

त्यसैगरी विगत २४ घण्टामा २ सय ७७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ५८ हजार ५ सय ५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्