२८ असार २०८३, आइतबार

‘छम्म छम्म नाचौँ न’ भन्दै आइन सञ्चारकर्मी गीता अधिकारी

‘छम्म छम्म नाचौँ न’ भन्दै आइन सञ्चारकर्मी गीता अधिकारी

तीज पर्वलाई लक्षित गर्दै नारायण रिजालको निर्देशन रहेको गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत एरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

सात दिदीबहिनीको कथा बुनिएको गीतको भिडियोमा रोशन बुढाथोकीको कोरियोग्राफी रहेको छ । भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापालगायत कलाकारको अभिनय तथा नृत्य रहेको छ । ६० जनाभन्दा बढी कोरस प्रयोग गरिएको भिडियो आकर्षक ढंगबाट निर्माण गरिएको छ ।

नरेश खरेलको शृंगार, राहुल राईको छायांकन र विष्णु शर्माको सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन शिव कैलाश कला मन्दिर रहेको छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।

सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा व्रत बसी’जस्ता तीज गीत सार्वजनिक भएका छन् । यस्तै उनका अन्य गीत पनि श्रोता र दर्शकमाझ लोकप्रिय रहेका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्