×

NMB BANK
NIC ASIA

लम्बिँदो युक्रेन युद्ध

जेलेन्स्कीको ताजा आदेशको भित्री कथा : पूरा डोनबास क्षेत्र रुसको नियन्त्रणमा आउन लागेको हो ?

साउन १६, २०७९

NTC
Sarbottam
Alexander Ermochenko/Reuters
Premier Steels
Marvel

युक्रेन सरकारले देशको पूर्वी भागमा रहेको डोनेत्स्क क्षेत्रका बासिन्दालाई सकेसम्म छिटो सुरक्षित स्थानतर्फ जान आदेश दिएको छ । 

Muktinath Bank

जाडो महिना आउनुअघि डोनेत्स्कबाट निस्केर युक्रेनको नियन्त्रणमा रहेको पश्चिमी भूभागमा गइहाल्न राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले शनिवार (३० जुलाईमा) आदेश दिएका हुन् । त्यहाँबाट निस्कनका लागि लाग्ने खर्च राज्यले बेहोर्ने पनि उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेलेन्स्कीको आदेशको व्याख्या गर्दै उपप्रधानमन्त्री इरिना भेरेश्चुकले डोनेत्स्क क्षेत्रमा ग्यास र विद्युत् आपूर्ति ठप्प रहेकाले कठ्यांग्रिदो जाडोमा त्यहाँ बस्न नसकिने उनको भनाइ छ । रुसले बारम्बार ग्यास पाइपलाइन र विद्युतीय ग्रिडमा आक्रमण गरेकाले आपूर्ति गर्न नसकिएको उनले आरोप लगाइन् ।


Advertisment
Nabil box
Kumari

जेलेन्स्कीको यो आदेश युक्रेनले डोनेत्स्कमा लडाइँ हार्दै गएपछि आएको हो । रुसी सेना र डोनबास लडाकूहरूले लुगान्स्क क्षेत्रमा पूर्ण नियन्त्रण कायम गरी छिमेकको डोनेत्स्क क्षेत्रको विशाल (द न्युयोर्क टाइम्सका अनुसार ६० प्रतिशत) भूभागसमेत हात पारिसकेका छन् । बाखमुट, सोलेडार र सेभेर्स्क शहर नियन्त्रणमा लिनका लागि अहिले भीषण लडाइँ चलिरहेको छ ।

Vianet communication
Laxmi Bank

डोनेत्स्क क्षेत्रमा युक्रेनको बचेखुचेको नियन्त्रण पनि क्रमशः गुम्न लागेपछि जेलेन्स्कीको आदेश आएको हो । डोनबास क्षेत्रमा बस्ने रुसीभाषीहरूले रुसी सेनालाई मुक्तिदाताका रूपमा स्वागत गर्नेछन् भन्ने कुरा जेलेन्स्कीलाई थाहा छ । त्यस्तो स्थिति आउनुअघि नै उनी त्यहाँबाट मानिसलाई निकाल्न खोजिरहेका छन् । 

रुसलाई डोनेत्स्क क्षेत्रबाट हटाउन सक्ने क्षमता युक्रेनमा हुन्थ्यो भने जेलेन्स्कीले त्यहाँ रहेका मानिसलाई रुसको प्रतिकार गर्न लगाउँथे होलान् । आखिर उनको नेतृत्वमा रहेको युक्रेनी सेनाले अहिलेसम्म युद्धमा सर्वसाधारणलाई मानवढालका रूपमा प्रयोग गर्दै आएकै हो ।  

तर अमेरिकाले लामो दूरीसम्म प्रहार गर्न सक्ने हिमार्स रकेट प्रणाली दिएको भए पनि युक्रेनसँग रुसलाई पछि हटाउने क्षमता छैन अनि डोनेत्स्कका रुसीभाषी पनि रुसको प्रतिकार गर्ने इच्छा राख्दैनन् । 

डोनेत्स्क क्षेत्रमा युक्रेनको बचेखुचेको नियन्त्रण पनि क्रमशः गुम्न लागेपछि जेलेन्स्कीको आदेश आएको हो । डोनबास क्षेत्रमा बस्ने रुसीभाषीहरूले रुसी सेनालाई मुक्तिदाताका रूपमा स्वागत गर्नेछन् भन्ने कुरा जेलेन्स्कीलाई थाहा छ । त्यस्तो स्थिति आउनुअघि नै उनी त्यहाँबाट मानिसलाई निकाल्न खोजिरहेका छन् । 

रुसीभाषीहरूप्रति युक्रेनका नवनाजीहरूको विभेदकारी व्यवहारकै कारण रुसले युक्रेनमा विशेष सैन्य कारवाही चलाउनुपरेको तथ्य स्मरणीय छ । त्यही अतिशय घृणाका कारण अहिले युद्धमा पछि परिरहेको भए पनि युक्रेनले लुगान्स्क र डोनेत्स्क क्षेत्रका रुसीभाषीमाथि रकेट, क्षेप्यास्त्र र गोली प्रहार जारी राखेको छ । 

आइतवार (जुलाई ३१) बिहान मात्र डोनेत्स्कको स्कोचिन्स्की र किरोभ्स्की क्षेत्रमा युक्रेनी सैनिकहरूले लेपेस्तोक नामक बारुदी बम प्रहार गरेको रुसी वेबसाइटहरूमा खबर आएको छ । सर्वसाधारणहरू भएको आवासीय क्षेत्रमा प्रहार गरिएको उक्त बममा खुट्टा पर्नबित्तिकै शरीर क्षतविक्षत हुन्छ । 

त्यही दिन युक्रेनी सेनाले डोनेत्स्क शहरको मध्यभागमा रहेको क्षेत्रमा समेत बारुदी बम फ्याँकेको खबर छ । डोनेत्स्कका रुसीभाषीहरूप्रतिको घृणाले गर्दा नै यस किसिमको युद्धअपराध युक्रेन सरकारले गरिरहेको हो । 

त्यसो त जेलेन्स्कीले डोनेत्स्क क्षेत्रका मानिसलाई निष्काशनको आदेश दिनुमा जानसांख्यिक कारण रहेको पनि विश्लेषकहरू बताउँछन् । अमेरिकी विश्लेषक एन्ड्रु कोरीब्कोका अनुसार, डोनेत्स्क क्षेत्रलाई रुसले पूरै मुक्त गराउन लाग्दा त्यहाँका मानिसलाई हटाउन पाइए जानसांख्यिक बलबाट स्वघोषित डोनेत्स्क जनगणतन्त्रलाई वञ्चित गराउने जेलेन्स्कीको योजना हुन सक्छ । भनाइको मतलब, युद्धपछिको पुनर्निर्माणमा स्थानीय जनताहरू लाग्न नपाऊन् भन्ने उद्देश्य युक्रेन सरकारले लिएको हुन सक्छ । उनीहरूलाई युक्रेन र डोनबास जनगणतन्त्रबीचको कन्ट्याक्ट लाइनबाट धेरै भित्रसम्म बोलाएर डोनेत्स्क पुनर्निर्माणमा योगदान गर्न नदिने योजना बनाइएको हुन सक्छ । 

अहिले युक्रेनल सरकारले लगभग २ लाख २० हजार डोनेत्स्कवासीहरूलाई निकाल्न खोजिरहेको छ । 

डोनेत्स्कबाट निस्केका मानिसलाई सस्तो श्रमिकका रूपमा उपयोग गरी युक्रेन पुनर्निर्माणमा खटाउने उद्देश्य पनि लिइएको हुन सक्छ । आखिर जेलेन्स्कीले गत मे महिनामा स्विट्जरल्यान्डको डाभोसमा भएको बैठकमा युरोेपेली मुलुकहरूलाई युक्रेनको कुनै न कुनै भूभागको अभिभावकत्व लिन अनुरोध गरेका हुन् । 

त्यस्तो अभिभावकत्व युक्रेनको पुनर्निर्माणका लागि प्रस्ताव गरिएको हो र त्यस पुनर्निर्माणमा सस्तो श्रमिक आवश्यक पर्छ । डोनेत्स्कबाट बाहिर जान बाध्य भएर हातमुख जोर्नै समस्या परेका मानिस सस्तो श्रममा खटिन तयार हुने सम्भावना प्रबल हुन्छ ।

अनि सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जान आदेश दिएर उनीहरूको ज्यान जोगाउनका लागि जेलेन्स्कीले गम्भीर चासो देखाएको भनी प्रचारबाजी गर्न पनि यस आदेशले अवसर दिएको छ । राक्षसी रुसीहरूका विरुद्ध देवदूततुल्य जेलेन्स्कीको प्रतिकार पश्चिमको भाष्यमा स्वर्णिम अक्षरमा लेखिएकै छ । पश्चिमको त्यही भाष्यमा रमाएर जेलेन्स्कीले युक्रेनका भूभाग रुसलाई सुम्पिने विनाशकारी लडाइँमा देशलाई होमेका हुन् । 

रुसले डोनबास क्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्न लागेको र दक्षिणी क्षेत्रमा पनि स्थलमार्ग निर्माणका उद्देश्यले निकोलायेभ शहरमा भीषण आक्रमण थालेको सन्दर्भमा अमेरिका समेत आत्तिएको देखिन्छ । त्यसैले अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले रुसी समकक्षी सर्गे लाभरोभसँग गत शुक्रवार (जुलाई २९) मा फोनवार्ता गरे । 

लाभरोभले युक्रेनमा रुसको लक्ष्य विस्तार भएको भनी त्यसअघि बयान दिएका थिए । उक्त बयानलाई अमेरिकीहरूले युक्रेनका विभिन्न भूभाग आफूमा मिसाउने लक्ष्यका रूपमा व्याख्या गरेका छन् । 

नीपर नदीभन्दा पूर्वमा रहेको तथा कृष्ण सागरको तटलाई छुने सम्पूर्ण दक्षिणी युक्रेन नियन्त्रणमा लिने रुसको लक्ष्य हुनसक्छ । अझ रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले गत साता आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको युक्रेनको भविष्य नक्सामा युक्रेन किएभ क्षेत्रमा मात्र सीमित रहने देखाइएको छ । 

अमेरिका युक्रेनको काँधमा बन्दूक राखेर रुसमाथि गर्न खोजेको प्रहार विफल भएपछि आत्तिएको सन्देश लाभरोभसँग कुरा गर्न ब्लिन्केनले देखाएको आतुरताबाटै सिद्ध हुन्छ । भारतका अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषक एमके भद्रकुमारका अनुसार, रुसविरुद्ध अमेरिकाले चलाएको यो छद्मयुद्ध उसको नियन्त्रणबाहिर गइसकेको छ । त्यसैले क्षति नियन्त्रण गर्नतर्फ अमेरिकाको ध्यान गइरहेको छ । 

हुन पनि रुसमा सत्तापरिवर्तन गरी आफ्नो अनुकूलको कठपुतली राख्ने उद्देश्यका साथ (अमेरिकाका राष्ट्रपति जो बाइडनले पोल्यान्ड गएर यो कुरा चुहाएकै हुन्) अमेरिकाले युक्रेन युद्धको बहानामा रुसमाथि कठोर प्रतिबन्ध लगाएको भए पनि त्यो प्रत्युत्पादक साबित भएको छ । रुसप्रति सन्तुलित धारणा राख्ने हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुसविरोधी आर्थिक प्रतिबन्धले मस्कोलाई हल्लाएन बरू युरोपमा चारवटा सरकार गिरिसके भनी कटुसत्य बोलेका छन् । अझ त्यसमाथि युरोप अहिले ठूलै आर्थिक तथा राजनीतिक संकटमा परेको छ । 

युद्ध शुरू भएको एक महिनामा अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले रुसलाई पुनः यस्तो किसिमको युद्ध गर्न नसक्ने गरी कमजोर बनाउने आफूहरूको रणनीति रहेको भनी गरेको घमण्ड र अहिले ब्लिन्केनले लाभरोभलाई कुरा गर्नका लागि फकाउनुपरेको स्थितिले नै यो छद्मयुद्धमा अमेरिका परास्त भइरहेको दह्रो सन्देश दिन्छ । 

यो युद्ध जति लम्बिँदै जान्छ युक्रेनले त्यति नै बढी आफ्नो भूभाग गुमाउँदै जान्छ । नेटोले जसरी रुससँग सांस्कृतिक समानता भएको मुुलुक युगोस्लाभियालाई टुक्रा टुक्रा पारेको थियो, रुसले त्यसैको बदला लिँदै युक्रेनलाई टुक्रा टुक्रा पारेर आफूमा मिसाउने कोशिश गरिरहेको भद्रकुमार लेख्छन् । 

अब यस क्षतिलाई रोक्नका लागि पहल गर्नुपर्ने सोच आएर ब्लिन्केनले लाभरोभलाई सम्पर्क गर्न खोजेका हुन् । युद्ध शुरू भएको एक महिनामा अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले रुसलाई पुनः यस्तो किसिमको युद्ध गर्न नसक्ने गरी कमजोर बनाउने आफूहरूको रणनीति रहेको भनी गरेको घमण्ड र अहिले ब्लिन्केनले लाभरोभलाई कुरा गर्नका लागि फकाउनुपरेको स्थितिले नै यो छद्मयुद्धमा अमेरिका परास्त भइरहेको दह्रो सन्देश दिन्छ । 

युक्रेन तथा समग्र पश्चिमको त्यही पराजयलाई मानवीयताको व्याख्याले ढाकछोप गर्ने उद्देश्यका साथ जेलेन्स्कीले डोनेत्स्कबाट मानिसहरूलाई सुरक्षित बाहिर निस्कन आदेश दिएका हुन् । अहिलेसम्मको प्रवृत्ति हेर्दा डोनेत्स्क क्षेत्रका मानिस पश्चिममा युक्रेनतर्फ नभई रुसी मुख्यभूमितर्फ नै जान रुचाइरहेका छन् । त्यसैले जेलेन्स्कीको आदेश माने भने पनि डोनेत्स्कवासीहरू रुसतिरै जाने अपेक्षा छ । 

यससँगै सम्पूर्ण डोनेत्स्क रुसको नियन्त्रणमा पुग्न लागेको पनि देखिन्छ । डोनबास क्षेत्र यसरी युक्रेनको नियन्त्रणबाट मुक्त हुँदा पुटिनले लिएको लक्ष्य समेत आंशिक रूपमा प्राप्त हुनेछ । 


hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x