
बागलुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । साउन २४ गतेदेखि धौलागिरीको साधारण शेयर निष्कासन हुने भएको हो ।
धौलागिरीको शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी रु.७ करोड रहेकोमा सार्वजनिक शेयर निश्कासनपश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ रु. २५७ रुपैयाँ हुन आने कम्पनीको दाबी छ ।
कम्पनीको संचित नाफा–नोक्सानी समेत ४.६ करोडभन्दा माथि रहेकाले सार्वजनिक शेयर निश्कासनपश्चात समेत शेयरधनीहरुको लागी ४० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ ।
राष्ट्रियस्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आइरहेको छ । जसबाट करिब ३६ हजार ग्राहक सदस्यहरू मार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आ.ब. २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिशेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।