११ साउन २०८३, सोमबार

नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फरेन्स सम्पन्न

नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फरेन्स सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फरेन्स सौराहामा सम्पन्न भएको छ । 

साउन १३ देखि १५ गतेसम्म भएको उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २ सय ३० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो । कम्पनीका सञ्चालक विमलप्रसाद ढकालले पानसमा दीप प्रज्वलन गरी सम्मेलनको समुद्घाटन गर्दै कर्मचारीहरूलाई आम नागरिकको आशा र विश्वास जितेर काम गर्न सुझाव दिए । 

कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीहरूलाई गत आर्थिक वर्षको कार्यसम्पादनको लागि धन्यवाद र चालु आर्थिक वर्षको व्यापार लक्ष्य पूरा गर्न शुरूबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरिन् । 

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०७९÷८० को सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । हाल कार्यरत जोन प्रमुखहरू, क्षेत्रीय प्रमुखहरूलगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरूले सम्मेलनमा आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिवृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षणसमेत गराइएको थियो । 

सम्मेलनको अन्त्यमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकहरूले सबै सहभागीहरूलाई प्रमाण–पत्र साथै आर्थिक वर्ष २०७८÷७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरू र शाखा एवं उपशाखाहरूलाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्