०५ साउन २०८३, मंगलबार

सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट

सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट

सानिमा बैंकले ‘नो डाटा, नो प्रोबलम’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत सानिमा बैंकले मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । 

यससँगै अब नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरूले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउने बैंकले जनाएको छ । 

मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असीमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउने बैंकको भनाइ छ ।

यस योजना सोमवारदेखि लागु भएको बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको बैंकले जनाएको छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम संचालनमा रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्