२१ असार २०८३, आइतबार

बज्र ग्रुप ३१ वर्षमा प्रवेश : दशैं सम्म इन्डोनेसियामा उत्पादित वुलिङ ईभी नेपाल भित्र्याउने घोषणा

बज्र ग्रुप ३१ वर्षमा प्रवेश : दशैं सम्म इन्डोनेसियामा उत्पादित वुलिङ ईभी नेपाल भित्र्याउने घोषणा

पछिल्लो समय नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको कारोबार गरिरहेको बज्र ग्रुप ३१ वर्षमा प्रवेश गरेको छ ।

सो अवसरमा आगामी दशैंसम्ममा नेपाली बजारका लागि इन्डोनेसियामा निर्मित वुलिङ ब्रान्डको ईभी भित्र्याउने घोषणा ग्रुपले गरेको छ । 

बज्र ग्रुपका म्यानेजिङ डाइरेक्टर प्रकाश बज्राचार्यले अमेरिकी कम्पनी जनरल मोटर्सको सब्सिडी कम्पनीको रुपमा रहेको वुलिङ ईभी नेपाली बजारमा ल्याउने बताए ।

शुरुवातमा एउटा सानो पसलबाट शुरुवात गरेको व्यवसाय कोहलर लगायतका स्यानिटरी हुँदै सन सिटी, बज्र सांग्रिला र मेरो सिटी जस्ता अपार्टमेन्टको व्यवसाय सम्म फैलिएको बताए । 

उनले कोभिडको समयमा मास्कको माग अझै बढ्दै गएको समयमा नेपालमै म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गरी बज्र मास्क बजारमा उपलब्ध गराएको र पोस्ट कोभिड पश्चात इलेक्ट्रिक सवारीको माग बढ्दै गएको अवस्थामा बोस कम्पनीको मोटरयुक्त चीनमा उत्पादित लेभ्निङका टु ह्विलर र थ्री ह्विलर बजारमा उपलब्ध गराइरहेको बताए । उनले नेपाली बजारमा उपलब्ध लेभ्निङको थ्री ह्विलर अशक्तहरुका लागि निकै नै प्रभावकारी भएको बताए । 

पहिले स्यानिटरी, त्यसपछि हाउजिङ एन्ड अपार्टमेन्टको व्यवसाय पश्चात मास्क र अब इलेक्ट्रिक सवारीको व्यवसायमा लाग्ने योजनाका साथ बज्र ग्रुपले कार्य गरिरहेको बताए । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले हाल लेभ्निङ इलेक्ट्रिक स्कुटरको बिक्री–वितरण गरिरहेको छ । वुलिङ ईभीको कारोबार पनि ईभी नेपाल मोटर्सले नै गर्नेछ । 

नेपाली बजारमा वुलिङ ईभीका २०० किलोमिटर र ३०० किलोमिटर रेन्ज तथा ५० किलोवाट क्षमता भएको र १०० किलोमिटर प्रतिघण्टाको स्पिडमा जान सक्ने फोर सिटर उपलब्ध गराउने बज्राचार्यले बताए । 

आधारभूत आवश्यकतालाई पूरा गर्न सक्ने र ग्राहकले आफ्नो खर्चले धान्न सक्ने इलेक्ट्रिक कार नेपाली बजारमा उपलब्ध गराउने उनको भनाइ छ । 

वुलिङ ईभीको वेबसाइट अनुसार कम्पनीले वुलिङ एयर ईभी बजारमा उपलब्ध गराइरहेको छ । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले यही ईभी नेपाली बजारमा उपलब्ध गराउने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्