०९ साउन २०८३, शनिबार

उपाय सिटी कार्गोले शुरू गर्‍यो नयाँ सेवा, एकैसाथ धेरै ठाउँमा सामान ‘डेलिभरी’ गर्न सकिने

उपाय सिटी कार्गोले शुरू गर्‍यो नयाँ सेवा, एकैसाथ धेरै ठाउँमा सामान ‘डेलिभरी’ गर्न सकिने

उपाय सिटी कार्गोले ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ कार्यक्रम सार्वजनिक गरेको छ ।  

कम्पनीले बुधवार एक कार्यक्रम आयोजना गरी नयाँ योजना सार्वजनिक गरेको हो ।

‘उपाय अन डिमाण्ड’ र ‘मेरो उपाय’ जस्ता सेवाहरूको सफलता पछि तेस्रो सर्भिसको रुपमा उपाय फुलफिलमेन्ट सर्भिसलाई ल्याएको कम्पनीले जनाएको छ । 

कम्पनीले आफ्नो नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ योजना अन्तर्गत एक्कै साथ धेरै ठाउँमा सामान डेलिभरी गर्न सकिने जनाएको छ ।

यो सेवा प्रदान गर्न उपायले रुट प्लानिङ सिस्टमको प्रयोग गर्दछ जसले ढुवानीमा लाग्ने समय र पैसा दुबैको बचत हुन्छ ।

यसको सोझै फाइदा ग्राहकलाई कम ढुवानी शुल्क र छिटो सामान डेलिभरी  मार्फत पर्न जाने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार, रुट प्लानिङ सिस्टमले सामानको डेलिभरी गर्नुपर्ने ठाउँ अनुसार प्याकेजलाई छुट्याउँछ र सोही अनुरूप डेलिभरी जान्छ । 

यसका साथै उपाय फुलफिल्मेन्ट सर्भिस मार्फत एकैसाथ धेरै सामानको पिकअप, सोर्टिङ र बन्ड्लिङ, र डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । 

ग्राहकको सहजताको लागि कम्पनीले आफ्नै मोबाइल एप सञ्चालन गरेको छ, जसको प्रयोग गरी ग्राहकले सजिलै भुक्तानी गर्न सक्ने कम्पनीको भनाइ छ । 

उपायले आगामी दिनमा नेपालका ३०० सहरमा आफ्नो डेलिभरी सेवा पुर्‍याउने योजना लिएको कम्पनीका एमडी सुमन रायमाझी भन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्