×

NMB BANK
NIC ASIA

पनौतीमा प्रादेशिक गुरुकुल स्थापनार्थ पहल

साउन २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पनौतीमा प्रदेशस्तरको गुरुकुल स्थापनार्थ स्थानीयले पहल थालेका छन् । गुरुकुल शिक्षाप्रति चासो राखेका उनीहरुले काभ्रेपलाञ्चोकको पनौतीमा प्रदेशस्तरको गुरुकुललाई संस्थागत गर्न भेलाको आयोजना गरी निर्णयसमेत गरेका छन् । 

Muktinath Bank

पनौतीस्थित त्रिवेणीघाट सत्तलमा १६ वटुक अध्यापन गरिरहेका गरुकुललाई संस्थागत गरी निर्णयसहित प्रक्रिया अघि बढाउन थालिएको स्थानीय युवा पण्डित अच्युत भट्टराईले जानकारी दिए । उनले गुरुकुललाई प्रदेशस्तरमा विकास गर्न सबै पक्षको सहयोग लिई अघि बढ्ने योजना बनाइएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुरुकुलमा अध्ययनरत वटुकलाई कर्मकाण्ड र धर्म मात्रै नभई आधुनिक शिक्षाको ज्ञान–सीप प्रदान गरिने जनाइएको छ । यस्तै सो गुरुकुलबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी शिक्षालाई व्यवस्थित गर्न सोही अनुसारको शिक्षा पहिचान गरिएको पण्डित भट्टराईले बताए ।


Advertisment
Nabil box
Kumari

ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल पनौतीलाई सनातन वैदिक धर्म र हिन्दू संस्कारलाई जगेर्ना गरी पुण्य भूमिका रुपमा नगरलाई पहिचान दिलाउने उद्देश्यले गुरुकुल स्थापना गर्न लागिएको स्थानीय व्यवसायी प्रदीप बोगटीले बताए । 

Vianet communication
Laxmi Bank

यस्तै नेपाली कांग्रेसका नेता तीर्थ पसखलले परम्परा, संस्कृतिको संरक्षण गर्न, धार्मिक जागरण ल्याउन सबैको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । स्थानीयले गुरुकुल स्थापनार्थ स्थानीय तथा प्रदेशस्तरका जनप्रतिनिधिको साथ–सहयोग लिन सुझाव दिएका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x