
पछिल्लो २४ घण्टामा मुलुकभर ५ सय ५३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार कूल ३ हजार ७ सय ८९ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार २ हजार ४० नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ५१ र १ हजार ७ सय ४९ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा १ सय २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ पुगेको छ ।
संक्रिय संक्रमितमध्ये ५ हजार ५ सय ७ जना होम आइसोलसनमा, १ सय ५२ जना संस्थागत आइसोलेसन, ४५ जना आईसीयू र ३ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
त्यसैगरी विगत २४ घण्टामा ४ सय ३३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।