×

NMB BANK
NIC ASIA

नख्खु–भैंसेपाटी सडक साेमवारबाट कालाेपत्रे गर्ने सहमति, काम सुचारु नगरे मोसो दल्ने स्थानीयकाे चेतावनी [भिडियो]

साउन २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुरको नख्खु– भैंसेपाटी सडक भोलि (सोमवार) बिहान ८ बजेबाट कालोपत्रे शुरू हुने भएको छ । 

Muktinath Bank

स्थानीय, ठेकेदार र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रतिनिधिबीच आइतवार उक्त सडक सोमवारदेखि नै कालोपत्रे गर्ने सहमति भएको हो । आइतवार भएको वार्तामा आफूहरूबीच भोलिदेखि नै सडक कालोपत्रे गर्ने सहमति भएको एक स्थानीयले जानकारी दिएका छन् । उनले सहमतिबमोजिम ठेकेदार कम्पनीले काम सुचारु नगरे मोसो दल्ने चेतावनी समेत दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठेकेदार कम्पनीले सडक निर्माणमा ढिलाइ गरेको भन्दै त्यस क्षेत्रका बासिन्दा पछिल्लोपटक ७ दिनदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आवागमन नै अवरुद्ध बनाएका छन् । आवागमन नै बन्द गरेर स्थानीयबासीले आन्दोलन थालेपछि स्थानीय प्रशासनको रहोबरमा आइतवार त्रिपक्षीय वार्ता भएको थियो । 


Advertisment
Nabil box
Kumari

वार्तामा ठेकेदार कम्पनीले भोलिबाट निसर्तः काम शुरू गरी दशैंको घटस्थापनासम्ममा सडक कालोपत्रे गरिसक्ने सहमति जनाएको स्थानीय भैंसेपाटी–६ छैबूका रविन्द्र थापाले जानकारी दिए । उनले भने, ‘हामी अब भोलि बिहान ८ बजेसम्मको पर्खाइमा छौँ ।’ उनले सहमतिअनुसार ठेकेदार कम्पनीले सोमवार बिहानबाट सडक कालोपत्रे गर्न शुरू नगरे कडा संघर्षमा उत्रने चेतावनी दिए । 

Vianet communication
Laxmi Bank

लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘हामीले आजसम्म एम्बुलेन्स, बिरामी, अफिस ओहोर–दोहोर गर्ने सवारीलाई छुट दिएका छौँ । यदि भोलि काम थालिएन भने कसैलाई पनि आवतजावत गर्न दिँदैनौँ ।’

त्यस्तै, भैंसेपाटी –१८ बस्ने निरन्जन थापाले जिल्ला प्रशासन कार्यालयमा आज भएको वार्ताबमोजिम भोलिबाट काम सुचारु नभए ठेकेदारलाई मोसो दल्ने चेतावनी दिए । ‘आज वार्तामा भने बमोजिम भोलि बिहान ८ बजेबाट ठेकेदार कम्पनीले काम शुरू नगरे ठेकेदारलाई मोसो दल्न पनि पछि हट्दैनौँ’ थापाले चेतावनी दिँदै भने । 

भैंसेपाटी –२५ बस्ने रमणकुमार शाहीले नख्खु– भैंसेपाटी सडकमा ट्रिपर आतंकले गर्दा आफूहरूको ‘निन्द्रा हराम’ गरेको बताए । रातभरि सुत्न नसकेको उनले लोकान्तरसँगको कुराकानीमा गुनासो गरे । ‘ट्राफिकले साधारण ट्याक्सी चालकलाई तीब्र गतिमा सवारी चलाउँदा समातेर चिट काट्छ, तर ट्रिपरले रफ तरिकाले सवारी हुँइकाउँदा पनि कुनै कारबाही गर्दैन किन ?’ शाहीले प्रश्न गरे ।

काठमाडौं उपत्यकाको नख्खु– भैंसेपाटी सडक विगत ७ वर्षदेखि अस्त–व्यस्त छ । उक्त सडक खण्डमा जताततै खाल्डाखुल्डीका साथै हिउँदमा धुलो र वर्षामा हिलोले गर्दा आफूहरू हैरान बनेको स्थानीयको गुनासो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x