
हेरिटेज समूहले सौराहाको ल्याण्डमार्क रिसोर्टमा गत शुक्रबार तथा शनिवार एक विशेष कार्यक्रम आयोजना गरि आफ्ना नयाँ योजनाहरु सार्बजनिक गरेको छ ।
हेरिटेज म्याट्रेसले नविनतम उत्पादनको रुपमा अर्थो डक्टर म्याट्रेस र बन्डेड म्याट्रेस नेपाली बजारमा ल्याउने भएको हो ।
अर्थोपेडिक डाक्टरले आफ्ना बिरामीहरूलाई आवश्यकता अनुरुप रिफर गर्ने अर्थो डक्टर म्याट्रेस र सामान्य ब्याक पेन हुने र अलिक साह्रो ओच्छ्यानमा सुत्न मनपराउनेहरुका लागि बोण्डेड म्याट्रेटको उल्लेख्य माग नेपाली बजारमा रहेको परिप्रेक्ष्यमा हेरिटेजले नयाँ उत्पादनको जमर्को गरेको कम्पनीले जनाएको छ ।
हेरिटेज समूहले गुणस्तरीय कार्पेट उत्पादन मार्फत बैदेशिक मूद्रा संचितिमा ठूलो भूमिका खेलेको छ । बार्षिक दश लाख मिटर कार्पेट उत्पादन क्षमता रहेको अत्याधुनिक उद्योग मार्फत भेलर तथा रिब्ड कार्पेट उत्पादन गरिरहेको यस उद्योगले निकट भविष्यमा टपटि∙ ग्राफिक्स कार्पेट उत्पादनको योजना बनाएको छ ।
नेपाल भरका ३५ विक्रेता तथा संचारकर्मीहरु सम्मिलित कार्यक्रममा चितवन उद्योग बाणिज्य संघका उपाध्यक्ष चुन नारायण श्रेष्ठलाई प्रमुख अथितिको रुपमा निम्त्याईएको थियो भने कार्यक्रको अध्यक्ष्यता कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका कार्यकारी सदश्य हेमराज ढकालले गरेका थिए ।
कार्यक्रममा बोल्दै ढकालले नेपाली उच्च गुणस्तरीय म्याट्रेस तथा कार्पेट उत्पादन गरि नेपालको आयात प्रतिस्थापनमा हेरिटेजले पुर्याएको चर्चा गर्दै प्रतिस्पर्धी मूल्य र गुणस्तरीय उत्पादनका कारण आफ्ना उत्पादनले सफलता हाँसिल गर्न सक्षम भएको बताए ।
अध्यक्ष ढकालले यस्ता घरायशी उपयोगका सामाग्री उत्पादन गर्ने स–साना उद्योगहरु थप गर्दै राष्ट्रले आयात घटाउने नीति लिनुपर्ने चर्चा पनि कार्यक्रममा गर्दै सहभागिलाई यस्ता उद्योगमा आफ्नो लगानी बढाउनको लागि आग्रह समेत गरे ।
ल्याण्डमार्क रिसोर्टमा आयोजित उक्त कार्यक्रममा भेला भएका विक्रेताहरुले बजारमा उत्पादनको उच्च माग रहेको बताउँदै उद्योगको क्षमता अभिबृद्धिका लागि आग्रह गरेको थिए भने प्रमुख अथिति श्रेष्ठले उद्योगका कारण अर्थतन्त्रमा पुगेको योगदान र सृजना भएको रोजगारीको अवसरका बारेमा चर्चा गरेका थिए ।
प्रमुख अथिति श्रेष्ठले हेरिटेज ग्रुपले चितवनमा आएर आफ्नो कार्यक्रम आयोजना गरी यसक्षेत्रको पर्यटनको महत्व बढाइदिएकोमा धन्यबाद ज्ञापन गरे भने म्याट्रेस तथा फ्लोरिको देशकै नम्बर एक ब्राण्ड बनेकोमा बधाई समेत दिए ।