गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तीज गीत ‘भेलु बाजे डान्स’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
भिडियोमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ।
भिडियोलाइ गायिका आलेले नै निर्देशन गरेकी छन् ।
त्यस्तै, दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका हुन्।
भिडियोमा गायिका आले र गायक बर्देवा लगायत अन्य कलाकारहरूलाई फिचर्ड गरिएको छ।