×

X
Nic Asia
Marvel
Khukuri

गच्छदारको ओरालो यात्रा

६ वटा चुनाव जितेपछि लागेको ब्रेक, सुनसरी– ३ बाट को बन्ला गच्छदारको उत्तराधिकारी ?

अदालतबाट सफाइ पाएर चुनाव लड्ने गच्छदारको आशा

काठमाडाैं | साउन २६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेपालको संसदीय इतिहासमा विजयकुमार गच्छदारको नाम र बदनाम दुवै छ । २०४८ सालपछिका सबै चुनावमा अविजित रहेका गच्छदार नेपालमा सबैभन्दा धेरै मन्त्री बन्ने नेता हुन् । 

DHARA
LAxmi BAnk

३० वर्षको अवधिमा गच्छदार पाँचपटक उपप्रधानमन्त्री र १३ पटक मन्त्री बने । कांग्रेसबाहेक अन्य दलमा धेरै अवसर पाएको नेतालाई ‘गच्छदार’ भन्ने गलत विम्ब स्थापित भएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

राजाको प्रत्यक्ष शासनबाहेक २०४८ सालदेखि २०७४ सालसम्म उनी कुनै न कुनै हिसाबले सत्ताको नजिक रहे ।

आफूलाई ‘थारुको बच्चा’ भन्ने गच्छदार पछाडि पारिएको एउटा समुदायको तरमारा वर्गको रूपमा परिचित भए । थारु समुदाय भने गच्छदारलाई ‘अवसरवादी’ भन्छ ।


Advertisment
Bizbazar
Saurya island

सत्ताका लागि दल विभाजन गर्नमा गच्छदार सधैँ अगुवा र उत्प्रेरक बन्ने गरेका छन् । कांग्रेस विभाजन भएर कांग्रेस प्रजातान्त्रिक गठन हुँदा होस कि फोरम विभाजन उनी हाँसीहाँसी पार्टी विभाजनमा तयार भए । 

२०५८ सालमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवाले पार्टीभित्र विवाद बढेपछि कांग्रेसको विशेष महाधिवेशन बोलाएका थिए, अहिले संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ।

Vianet communication
IME BANK INNEWS

तत्कालीन अवस्थामा पनि प्रधानमन्त्री रहेका देउवाले त्यही महाधिवेशनबाट गिरिजाप्रसाद कोइरालालाई सभापतिबाट निष्कासन गरेको घोषणा गरे । 

कांग्रेस विभाजनका मुख्य हर्ताकर्ता रहेका गच्छदारलाई पत्रकारहरूले कांग्रेस विधानको कुन धारामा टेकेर कोइरालालाई सभापतिबाट निष्कासन गर्नुभयो भनेर सोधेका थिए ।

गच्छदारले जवाफ दिए, यहाँ खोलो नै बगेको देख्नुभएन, के धाराको कुरा गर्नुहुन्छ ?

सत्ता र शक्तिमा भएपछि नियम, कानून उल्लंघन गर्ने होडमा गच्छदार कहिल्यै पछि परेनन् ।

पटक–पटक मन्त्री बनेर अकुत कमाएको भनेर गच्छदारमाथि आरोप लागेपनि उनले थुपारेको भनिएको गैरकानूनी सम्पत्ति अख्तियारले भेट्टाउन सकेन ।

समकालीन गोविन्दराज जोशी, खुमबहादुर खड्का र चिरञ्जीवी वाग्ले भ्रष्टाचारमा डामिँदा पनि चतुर गच्छदार फसेनन् । पछि नीतिगत भ्रष्टाचारसम्बन्धी मुद्दा उनले झेलिरहेका छन् ।

कांग्रेसमा आफ्नो उपादेयता सकिँदै गएको र मधेशमा क्षेत्रीय दलको उदय हुने संकेत देखेपछि गच्छदार २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रातारात मधेसी जनअधिकार फोरममा गए ।

एकपटक पनि चुनाव नलडेका उपेन्द्र यादवको कार्यकर्ता बन्न गच्छदार राजी भए । 

उपेन्द्र यादवको फोरममा घुसेर गच्छदारले आफ्नो राजनीति नवीकरण गरे । चुनाव जितेर फोरम संसदीय दलको नेता बने ।

रुक्मांगत कटुवाल काण्डमा जब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्यो, गच्छदारले पनि कोल्टे फेरे ।

माधव नेपाल नेतृत्वको सरकारमा जान गच्छदारले चुनाव जितेको एक वर्ष नपुग्दै फोरम विभाजन गरे । 

त्यसपछि बनेका प्रायः सरकारमा उनी छुटेनन् । संविधान सभाको कालखण्डमा सरकार गठन विघटनको एउटा पात्रको रूपमा गच्छदार देखा परे । 

दोस्रो संविधानसभा निर्वाचनमा पनि गच्छदार लोकतान्त्रिक विम्ब जोडिएको फोरमबाट चुनाव जितेर संसद् भवनमा पुगे । 

गच्छदारले आशा भने मारेका छैनन् । अदालतबाट सफाइ पाएर आफू फेरि उम्मेदवार बन्ने विश्वास उनले निकटस्थ व्यक्त गरेका छन् । ‘उम्मेदवारी मनोनयनअगावै सफाइ पाउँछु भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ, सुनसरी– ३ मा गच्छदार नै हाम्रो उम्मेदवार हो,’ नेपाली कांग्रेसका एक जिल्लास्तरीय नेताले लोकान्तरसँग भने ।

पहिलो संविधानसभाको कालखण्डमा मन्त्री हुँदा निर्वाचन क्षेत्रमा बजेट खन्याएका गच्छदार दोस्रो संविधानसभा निर्वाचनमा पनि सहज ढंगले निर्वाचित भए । त्यसपछि पनि उनी सरकार गठन विघटनका पात्र बने । दोस्रो संविधान सभामा गच्छदारसँगै कमल थापा सत्ता गठन विघटनको अर्को पात्रको रूपमा आएका थिए ।

क्षेत्रीय र जातीय राजनीति प्रदूषित बनेपछि गच्छदार २०७४ सालको प्रतिनिधि सभा चुनावको पूर्वसन्ध्यामा फेरि कांग्रेस प्रवेश गरे । देशभर वामपन्थी गठबन्धनको आँधी आउँदा पनि गच्छदार भने जोगिए । 

एमालेकी भगवती चौधरीसँग झिनो मतले भएपनि चुनाव जितेर उनले ६ पटक चुनाव जित्ने कीर्तिमानी बनाए, देउवासँगै । २०४८ सालदेखि २०७४ सालसम्म अविजित रहनेमा देउवा र गच्छदार मात्र हुन् । 

गच्छदारको राजनीतिमा लागेको ग्रहण

पाँचदशक लामो राजनीतिक करिअरको अन्तिमतिर गच्छदारको राजनीतिक यात्रामा ग्रहण लाग्यो ।

बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना गर्न नीतिगत भ्रष्टाचार गरेको आरोपमा गच्छदारमाथि अख्तियारले मुद्दा चलायो ।

विशेष अदालतमा मुद्दा विचाराधीन रहेका कारण उनी यथास्थितिमा आगामी निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन् । 

पढ्नुहोस्, यो पनि :

परन्तु, गच्छदारले आशा भने मारेका छैनन् । अदालतबाट सफाइ पाएर आफू फेरि उम्मेदवार बन्ने विश्वास उनले निकटस्थ व्यक्त गरेका छन् ।

‘उम्मेदवारी मनोनयनअगावै सफाइ पाउँछु भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ, सुनसरी– ३ मा गच्छदार नै हाम्रो उम्मेदवार हो,’ नेपाली कांग्रेसका एक जिल्लास्तरीय नेताले लोकान्तरसँग भने ।

भ्रष्टाचार मुद्दामा भर्खरै राप्रपा नेता विक्रम पाण्डेले सफाइ पाएका छन् । २०७४ सालको चुनावमा प्रचण्डसँग चितवन ३ मा भिडेका पाण्डे फेरि पनि चुनाव लड्ने तरखरमा छन् ।

पाण्डेले जस्तै आफूले पनि सफाइ पाउने गच्छदारको दाबी छ ।

सिक्टा सिञ्चाइ आयोजनामा कमसल काम गरेर क्षति पुर्‍याएको भन्दै अख्तियारले विक्रम पाण्डेविरुद्ध मुद्दा चलाएको थियो ।

पाण्डेको मुद्दा र गच्छदारको मुद्दा फरक प्रकृतिको हो । परन्तु, गच्छदारले सफाइ पाउने आशा मारेका छैनन् ।

अख्तियारले मुद्दा दायर गरेपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा गच्छदारले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको गुनासो गरेका थिए ।

एक घण्टा लामो सम्बोधनमा उनले आफूमाथि कम्युनिस्ट सरकारले प्रतिशोध साँधेको गुनासो गरेका थिए । त्यो दिन उनले आँसु नै खसालेको बैठकमा सहभागी कांग्रेस नेताहरू बताउँछन् ।

अहिले उपसभामुख रहेकी पुष्पा भुसाललगायत कांग्रेस सांसदले संसद्मा पनि गच्छदारमाथि राजनीतिक पूर्वाग्रह राखेर मुद्दा लगाइएको बताएका थिए ।

संसदीय दलको उपनेता रहेका गच्छदार निलम्बित भएपछि कांग्रेसले अहिलेसम्म उपनेता चयन गरेको छैन ।

सुनसरी ३ मा को बन्ला गच्छदारको उत्तराधिकारी ? 

देशका अन्य निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवारले मंसिर ४ गतेको चुनावका लागि तयारी र लबिङ शुरू गर्दा सुनसरी ३ मा कांग्रेसको अर्को उम्मेदवारको चर्चा पनि छैन ।

‘सालको रुखमुनि पिपल हुर्किन नसक्ने’ भन्दै गच्छदारको क्षेत्रमा अन्य कार्यकर्ताले चुनाव लड्ने भनेर अहिलेसम्म उल्लेख्य तयारी गरेका छैनन् ।

‘यहाँबाट विजय दाइ नै उम्मेदवार बन्ने हो, कथंकदाचित उहाँ हुनुभएन भने उहाँले अगाडि सारेको व्यक्ति नै उम्मेदवार बन्ने हो,’ कांग्रेस प्रदेश १ का एक प्रभावशाली नेताले भने ।

गच्छदारले अगाडि सार्ने व्यक्तिको बारेमा पनि कांग्रेसका नेताहरू प्रस्ट छैनन् । 

नेपाली कांग्रेसको गढ मानिने यो क्षेत्रमा गच्छदारले विकास आयोजना पार्ने गरेका थिए । 

भौतिक पूर्वाधार मन्त्री बनेको समयमा एउटै बजेटमा १४ वटासम्म पुलका लागि बजेट खन्याएका थिए ।

‘साम, दाम, दण्ड, भेद’ जे गरेर भए पनि चुनाव जित्ने गरेको गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो ।

स्थानीय तह निर्वाचनको नतिजामा भने गच्छदारको क्षेत्रमा एमाले अगाडि छ । एमालेले ३५ हजार भोट पाउँदा कांग्रेसले ३३ ल्याएको छ ।

जसपाले ५ हजार ५ सय र माओवादीले ३ हजार ८ सय मत पाएका छन् । गच्छदारसँग दुईपटक चुनाव हारेकी भगवती चौधरीप्रति सहानुभूति बढेको एमाले नेताहरू बताउँछन् । 

२०६४ सालको संविधानसभा निर्वाचनमा गच्छदारले कांग्रेसका अगमलाल चौधरीलाई पराजित गरेका थिए । 

गच्छदारले २३ हजार ७ सय ६९ भोट पाउँदा चौधरीले १० हजार ८ सय ६ मत पाएका थिए । 

२०७० सालको संविधानसभा चुनावमा गच्छदारले १७ हजार ५ सय २४ मत पाउँदा एमालेकी भगवती चाैधरीले १७ हजार १६२ मत पाएकी थिइन् । 

२०७४ सालको चुनावमा गच्छदारले ३८ हजार ९ सय ७२ मत पाउँदा चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन् ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २, २०७९

उज्बेकिस्तानको समरकन्दमा शुक्रवार सम्पन्न शांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) शिखरबैठकको साइडलाइनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्ताको एक अंशलाई पश्चिमी सञ्चारमाध्य...

असोज ७, २०७९

केही विश्लेषकहरूले युक्रेनका विषयमा बेइजिङले मस्कोसँग सम्बन्ध तोड्न खोजेको दाबी गरिरहेका छन् ।  गत जुन महिनामा चीन सरकारले रुससँगको उत्तरपूर्वी सीमामा सैन्य अभ्यास गरेको थियो । त्यतिखेर मस्को युक्रेनमा च...

असोज ५, २०७९

युक्रेनको पूर्वी भागमा रुसी नियन्त्रणमा रहेका डोनबासका दुई क्षेत्र र दक्षिणी भागमा रहेका खर्सन तथा जापोरिजा क्षेत्रका रुससमर्थक अधिकारीहरूले जनमतसंग्रह गराउने निर्णय सार्वजनिक गरेपछि पश्चिमविरुद्ध रुसको प्रत्याक्रमण ...

असोज ५, २०७९

संघीय संसद्का दुवै सदनबाट पारित भई शीतलनिवास पुगेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि मुलुकमा अर्को संवैधानिक संकट शुरू भएको छ । प्रतिनिधिसभाका सभामुखले प्रमाणित गरी पठाएको विधेयक मंगलवार...

असोज ७, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एमालेबीच गठबन्धनका लागि दुई साताअघि प्रयास भएपनि त्यसमा खासै प्रगति हुन सकेको छैन । गठबन्धनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबी...

असोज ९, २०७९

भोलिदेखि बहुसंख्यक नेपालीहरूको मुख्य चाड दशैं शुरू हुँदैछ । दशैंको घटस्थापनासँगै फेस्टिभ मुड शुरू हुन्छ । देशको खस्किँदो अर्थतन्त्र र त्यसले पारेको प्रभावका कारण दशैंको समयमा पनि बजार चलायमान छैनन् । मान...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x