
बिहीवार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीवार सुनको मूल्यमा गिरावट आएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरेको छ । बुधवार उक्त सुन प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मूल्य बिहीवार ९६ हजार १०० रुपैयाँ कायम गरिएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले कमी आएको जनाएको छ । बुधवार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार १ हजार २२५ रुपैयाँ कायम गरिएको छ ।