०२ साउन २०८३, शनिबार

स्वास्थ्य बीमा सरकार आफैँले गर्नुपर्छः गगन थापा

स्वास्थ्य बीमा सरकार आफैँले गर्नुपर्छः गगन थापा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमा कार्यक्रम सरकार आफैँले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । निजी क्षेत्रलाई स्वास्थ्य बीमा कार्यक्रम दिन नमिल्ने उनको तर्क छ । 

शनिवार काठमाडौंमा आयोजित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले निजी क्षेत्रलाई स्वास्थ्य बीमा गर्न दिए दिए त्यो बीमा नै नरहने तर्क गरे । स्वास्थ्य बीमा जनताको हितको उद्धेश्यले ल्याइएको भन्दै निजी क्षेत्रलाई दिए त्यो व्यापारिक प्रयोजनतर्फ जानसक्नेमा सचेत गराए । 

स्वास्थ्य बीमाको पहुँच सबैमा पु¥याउने लक्ष्यका साथ यो कार्यक्रम शुरु स्मरण गर्दै महामन्त्री थापाले यो पनि सामाजिक स्वास्थ्य सुरक्षाको एउटा विषय भएको बताए । ‘हामीले कल्पना गरेको स्वास्थ्य बीमा भनेको युनिभर्सल एक्सेस हो । त्यसैले यो सरकारले के सोचेर प्राइभेटलाई दिन्छु भन्यो थाहा भएन । यसरी गयो भने हेल्थ इन्स्योरेन्स नै रहँदैन । यो इन्स्योरेन्स नै होइन यो सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा हो’ उनले भने ।

महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने सुझाएका छन् । ‘हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौं भने, प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौं भने हामीले थेग्नै सक्दैनौं’ उनले भने, ‘सरकारले खाली कति वटा अस्पताल बनाउने भन्ने कुरा मात्रै टिप्यो । हामीले हेल्थ सिस्टमलाई नै अस्पतालमा लगेर जोडेका छौँ । त्यसबाट बाहिर निस्किनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्