०९ साउन २०८३, शनिबार

इंग्लिस प्रिमियर लिग : सिटीको फराकिलो जीत

साउन २९, २०७९
इंग्लिस प्रिमियर लिग : सिटीको फराकिलो जीत

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ ।

शनिवार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे ।

बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे ।

यस जीतसँगै सिटीले नयाँ सिजनमा लगातार दोस्रो जीत निकालेको छ ।

सिटीले २ खेलमा ६ अंक जोडेको छ ।

सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

बर्नेमाउथको यो पहिलो हार हो । बर्नेमाउथले २ खेलमा ३ अंक जोडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्