०६ साउन २०८३, बुधबार

गठबन्धनका तीन दलले बञ्चरेडाँडामा फोहोर फाल्न नदिने

गठबन्धनका तीन दलले बञ्चरेडाँडामा फोहोर फाल्न नदिने
फाइल तस्वीर

धादिङको धुनिवेशी नगरपालिका–१ का ३ दलले बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका छन् । आइतवार तीन दलका स्थानीय नेतृत्वले संयुक्तरूपमा विज्ञप्ति जारी गरेर काठमाडौंको फोहोर अव्यवस्थित तरिकाबाट फाल्दा स्थानीय वासिन्दाको जनजीवन अत्यन्तै कष्टकर बनेको भन्दै अब फोहोर फाल्न नदिने घोषणा गरेका हुन् । 

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्तरूपमा नगरपालिकाको प्रमुखलाई पत्र बुझाएर आगामी दिनमा फोहोर फाल्न नदिने जानकारी गराएका छन् । 

‘स्थानीय बासिन्दाले उचित माग राख्दै विभिन्न समयमा गरेको आन्दोलनपश्चात काठमाडौं महानगर लगायत राज्यको विभिन्न अंगसँग पटक–पटक गरेर अहिलेसम्म १७४ वटा सहमति भएको थियो । त्यो सहमति कार्यान्वयन गर्न नचाहेको र राज्यको आफ्नै निकायले गरेको सम्झौता पूरा गर्नुको साटो उल्टै राज्य शक्तिको दुरुपयोग गरेर पीडित जनतामाथि प्रहरी प्रशासन घरभित्रै पसेर ज्यादति गरेको छ’, स्थानीय राजनीतिक नेतृत्वले नगरप्रमुखलाई बुझाएको पत्रमा भनिएको छ । 

अहिले पनि स्थानीय आन्दोलित रहेको र स्थानीय राजनीतिक पार्टीले पनि आजैदेखि स्थानीयको आन्दोलनमा ऐक्यवद्धता जनाएको उनीहरूले बताएका छन् । फोहोरको समस्याको दीर्घकालिन समाधानको लागि स्थानीय सबै दलको सर्वदलीय बैठक गरेर निचोडमा पुग्नुपर्ने उनीहरूले माग गरेका छन् । 

हेर्नुहोस् विज्ञप्ति

salt training

कमेन्ट गर्नुहोस्