२९ असार २०८३, सोमबार

पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा मुलुकभर ८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७३७ नमूना परीक्षण गर्दा ८८८ जना नयाँ संक्रमित पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार २ हजार १५५ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ४२७ र २ हजार ५८२ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा ४६१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८७ पुगेको छ  । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  

संक्रिय संक्रमितमध्ये ५ हजार १८८ जना होम आइसोलसनमा, १९९ जना संस्थागत आइसोलेसन, ६४ जना आईसीयू र ३ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

त्यसैगरी विगत २४ घण्टामा ४७४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्