३२ असार २०८३, बिहीबार

विपी प्रतिष्ठानको ऋणः १ अर्ब ४१ करोड

विपी प्रतिष्ठानको ऋणः १ अर्ब ४१ करोड

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त रजिष्टार सूर्य संग्रौलाले श्वेतपत्र जारी गर्दै हालसम्म १ अर्ब ४१ करोड ऋणमा रहेको बताएका छन् । 

मंगलवार श्वेतपत्र जारी गर्दै रजिष्टार संग्रौलाले प्रतिष्ठानको आर्थिक अवस्था गम्भिर अवस्थामा रहेको बताएका छन् । ‘२०७९ श्रावण महिनामा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको नियमित तलब भत्ता, अन्य सञ्चालन खर्च एवं विगतको दायित्व गरी कुल १ अर्ब ४१ करोड बराबर रकम ऋणात्मक रहेको छ’, श्वेतपत्रमा भनिएको छ । 

प्रतिष्ठानको आर्थिक अवस्था कमजोर भएपछि यसका बारेमा अनर्गल प्रचार शुरू भएको पनि श्वेतपत्रमा उल्लेख गरिएको छ । ‘जब प्रतिष्ठान आर्थिक रूपले मजबुत थियो प्रतिष्ठानको सञ्चालन पनि सहज र सरल थियो । तर, जब प्रतिष्ठान आर्थिक रूपले कमजोर हुँदै गयो तब प्रतिष्ठानको छविमै आँच आउने अनर्गल प्रचारबाजी बढ्न थाल्यो’, श्वेतपत्रमा भनिएको छ, ‘आज दिनानुदिन विभिन्न पत्र–पत्रिकामा नकारात्मक तथा भ्रामक समाचार सम्प्रेषण हुने गरेकोले प्रतिष्ठानप्रति वफादार शिक्षक कर्मचारीहरूलाई मर्माहत पारेको छ ।’

हेर्नुहोस् विपी प्रतिष्ठानको श्वेतपत्र

salt training

कमेन्ट गर्नुहोस्