कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
सुदूरपश्चिम प्रदेशमा शून्यमा झरेको कोरोना संक्रमणदर हाल निरन्तर रूपमा बढ्दै गएको छ ।
भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना संक्रमणदर बढ्दै गएको हो ।
गत १ महिनाको तथ्यांक हेर्दा यहाँ करीब १ हजार २०० संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको साउन १ गतेदेखि मसान्तसम्मको तथ्यांक हेर्दा १ हजार १९३ नयाँ संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणकै कारण १ जनाले ज्यान गुमाएका छन् । गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको हो ।
निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार भारतमा कोरोना संक्रमण बढ्दै गएकाले सीमा जोडिएको सुदूरपश्चिममा संक्रमण बढेको हो । उनले भने, ‘भारतमा संक्रमण बढ्दै गएको छ, त्यसको प्रभाव यहाँ पनि परेको अनुमान गर्न सकिन्छ ।’
भारतमा मजदूरी गर्दै आएका नेपाली नागरिक स्वदेश फर्किने क्रम बढेकाले जोखिम पनि बढ्दै गएको उनले बताए ।
कोरोना संक्रमणकोे जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको निर्देशनालयले जनाएको छ । जोखिम कायमै रहेकोले यहाँका भारतसंँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।
पूर्व निर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । उनले भने, ‘नयाँ व्यवस्थापनको काम नभए पनि सीमानाकामा स्थापना भएका हेल्थ डेस्कमार्फत जाँचमा कडाइ गरिएको छ ।’
भारतसँग सीमा जोडिएका प्रदेशको गड्डाचौकी, गौरीफन्टा, झुलाघाट, पुलघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टिजेनमार्फत कोरोना परीक्षणको काम भइरहेको छ । हेल्थ डेस्कमा आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररुपमा भइरहेको छ ।
उनले भने, ‘संक्रमण देखिनासाथ अस्पताल लैजाने गरेका छौं, डाक्टरको सल्लाहमा संक्रमितको स्वास्थ्य अवस्था हेरेर भर्ना गर्ने र होम आइसोलेसनमा बस्न सुझाउने गरिएको छ ।’
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं — गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको ...
काठमाडौं — लगातार कम्प्युटरमा काम गर्ने वा एउटै पोजिसनमा बसेर काम गर्ने हाम्रो बानीले शरीरलाई नोक्सानी पु–याउँछ । यसको सबभन्दा धेरै असर गर्दनमा पर्छ । हामीले दिनमा जम्मा एकदुईचोटि गर्दन घुमाउ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...