१७ असार २०८३, बुधबार

फिनल्यान्डकी प्रधानमन्त्रीले अर्धनग्न भई पार्टी गरेपछि हंगामा (भिडियो)

भदौ २, २०७९
फिनल्यान्डकी प्रधानमन्त्रीले अर्धनग्न भई पार्टी गरेपछि हंगामा (भिडियो)

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले अर्धनग्न भई केटी साथीहरूसँग मिलेर पार्टी गरेको भिडियो सार्वजनिक भएको छ । 

उनले देशका सेलेब्रिटीहरूसँग मिलेर नाचगान गरेकी थिइन् । 

भिडियो सार्वजनिक भएपछि विपक्षी दलहरूले उनको आलोचना गरेका छन् । एक विपक्षी नेताले उनको लागूऔषध सेवन परीक्षणको समेत माग राखेका छन् । 

मरिनले लागूऔषध सेवन नगरेको बताएकी छन् तर परीक्षण गर्न मानेकी छैनन् । आफूले रक्सी पिएको र बेस्सरी पार्टी गरेको उनले बताइन् । 

संसारकी सबभन्दा कान्छी प्रधानमन्त्री पार्टीकी सौखिन हुन् । उनी सांगीतिक समारोहहरूमा पनि खुबै भेटिन्छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्