०५ साउन २०८३, मंगलबार

दामिलानो इटालियाका भित्रिए नयाँ प्रडक्ट, दरबारमार्गबाट बिक्री शुरू

दामिलानो इटालियाका भित्रिए नयाँ प्रडक्ट, दरबारमार्गबाट बिक्री शुरू

काठमाडौंमा झण्डै डेढ दर्जन अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याएर नेपालमा व्यावसायिक सफलता हासिल गरिरहेको आरपी ग्रुपले दामिलानो इटालियाका नयाँ प्रडक्ट नेपाली बजारमा भित्र्याएको छ । 

आरपी ग्रुपले दसैंलगायत चाडवाड भित्रिरहेका बेला दामिलनो इटालियाका नयाँ उत्पादन ल्याएको असिष्टेन्ट स्टोर म्यानेजर ग्रेसा खड्काले बताइन् । आरपी  ग्रुपले महिला तथा पुरुषका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री भित्र्याएको छ’, उनले भनिन्, ‘विस्तारै नेपालीहरुको घरमा चाडपर्व आइरहेको र ग्राहकले पनि नयाँ नयाँ मोडल खोज्न थालेपछि नयाँ उत्पादन दरबारमार्गस्थित दामिलानो इटालियाको सोरुमा डिस्प्ले गरिएको हो ।’ 

सोरुममा लेडिजका लागि आवश्यक पर्ने साना तथा ठूला ब्याग, चप्पल, कपडा, बेल्ट तथा पर्स डिस्प्ले गरिएको छ । त्यस्ता सामग्री विभिन्न कलरमा उपलब्ध छन् । कम्पनीको पुरानो स्टक सकिएको तथा ग्राहकले नयाँ नयाँ मोडल खोज्न थालेकाले गोदामबाट निकालेर सामान स्टोरमा डिस्प्ले गरिएको खड्काले बताइन् । 

त्यसैगरी, दामिलानो इटालियाको सोरुममा जेंट्सलाई आवश्यक पर्ने जुत्ता तथा चप्पल पनि छन् । 

salt training

कमेन्ट गर्नुहोस्