३१ असार २०८३, बुधबार

बडिगाडमा पहिलोपटक भिडियो एक्स–रे र ईसीजी सेवा सञ्चालनमा

बडिगाडमा पहिलोपटक भिडियो एक्स–रे र ईसीजी सेवा सञ्चालनमा
प्रतिकात्मक तस्वीर

बागलुङको बडिगाड गाउँपालिकाले पहिलोपटक भिडियो एक्स–रे र ईसीजी सेवा सञ्चालनमा ल्याएको छ । 

गाउँपालिकाले सबै वडाका सर्वसाधारणलाई पायक पर्ने गरी ग्वालीचौर स्वास्थ्य चौकीमा भिडियो एक्स–रे र ईसीजी सेवा सञ्चालनमा ल्याएको हो । 

यसअघि बडिगाडका कुनै पनि स्वास्थ्य संस्थामा यो सुविधा उपलब्ध थिएन । गाउँपालिकाले सशुल्क फार्मेसी सेवा समेत सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए ।

‘गर्भवतीका लागि भिडियो एक्सरे कै लागि टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौं,’ भण्डारीले भने, ‘सशुल्क फार्मेसीबाट सरकारी स्वास्थ्य संस्थामा पाइने बाहेकका औषधि नजिकैबाट बिरामीले पाउने छन् ।’

उनका अनुसार औषधिमा गाउँपालिकाले सहुलियत दिनेछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकामा देखिने कुपोषणको समस्या समाधान तथा उपचार समेत स्वास्थ्य चौकीबाट शुरू भएको भण्डारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्