ताइवान विवाद बढेको बेलामा अस्ट्रेलियाको वायुसेनाले १६ वटा देशका वायुसेनासँग मिलेर अभ्यास गर्ने भएको छ ।
यस अभ्यासमा क्वाड मुलुकका साथै दक्षिणपूर्वी एसियाली राष्ट्रहरू समेत सहभागी हुनेछन् ।
अस्ट्रेलियाले दुई–दुई वर्षमा पिच ब्ल्याक नामक वायुुसेन्य अभ्यास गर्ने गरेको छ ।
क्वाड सदस्य भारतले पनि अभ्यासमा भाग लिन सुखोई लडाकू विमानहरू पठाएको छ । ती विमान डार्विन पुगिसकेका छन् ।
सेप्टेम्बर ८ सम्म यो सैन्य अभ्यास चल्नेछ । यसमा विभिन्न वायुसेनाका एक सयभन्दा बढी विमान र २५ सय सैनिकहरू सहभागी हुनेछन् ।
यसमा जर्मनी, बेलायत र फ्रान्स जस्ता युरोपेली मुलुक पनि सहभागी छन् ।
क्वाडलाई एसियाली नेटोको संज्ञा दिएको चीनले ताजा अभ्यास आफूलाई घेराबन्दी गर्ने नीतिअन्तर्गतको एक कदम भएको बताएको छ ।