२६ असार २०८३, शुक्रबार

भृकुटीमण्डपमा ‘दसैं जुत्ता चप्पल व्यापार मेला’, ग्राहकको उत्साहजनक सहभागिता

भृकुटीमण्डपमा ‘दसैं जुत्ता चप्पल व्यापार मेला’, ग्राहकको उत्साहजनक सहभागिता

जुत्ता चप्पलको पाचौँ दशैं व्यापार प्रबद्र्धन मेला यही ५ गतेदेखि राजधानीको भृकुटीमण्डपमा शुरू भएको छ । मेला भदौ २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा ग्राहकले १० देखि ५० प्रतिशतसम्म छुट सुविधा र विभिन्न अफर पाउँनेछन् । तीसभन्दा धेरै ब्राण्डका करिव हजार मोडलका जुत्ता चप्पल राखिने यो मेला विगतको भन्दा विशेष भइरहेको आयोजकको भनाइ छ ।  

फुटवयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले विगतमा पछि परेको नेपाली जुत्ता चप्पलको उत्पादनले पछिल्लो समय उपभोक्ताको मन जितेको बताए । उनले ६० प्रतिशतभन्दा धेरै बजार हिस्सा नेपाली उत्पादनले ओगट्न सफल भएको पनि बताउँदै मेलामा ग्राहकको उत्साहजनक सहभागिता भइरहेको बताए । युक्रेन– रुसको युद्ध, कोरोना महामारी तथा बैंकको बढ्दो ब्याजदरले कच्चा पदार्थ आयातमा समस्या पारेको बन्जाडेले बताए । 

यस्ता छन् मेला आयोजनाका उद्देश्यहरू

स्वदेशी उत्पादनका बारेमा आमउपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्धेश्यले मेला आयोजना गरिएको हो । त्यस्तै, स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न मेलाको माध्यमबाट व्यापक प्रचार–प्रसार गर्ने, विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी यस्ता वस्तुको उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको यस मेलाले वास्तविक उपभोक्तासँग उत्पादकहरुले प्रत्यक्ष भेटी उनीहरूका गुनासा तथा राय सुझाव संकलन गर्न मेलाको आयोजना गरिएको अध्यक्ष बन्जाडेले बताए । उद्घाटनकाे दिन उत्साहजनक रूपमा ग्राहककाे सहभागिता रहेकाे उनले बताए ।

मेलामा प्राप्त सुझावका आधारमा कमी कमजोरीलाई सच्याउँदै आफ्ना उत्पादनहरूमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्