१७ असार २०८३, बुधबार

फलफूल पकाउने कार्बाइड प्रयोग नगर्न सरकारले गरायो सचेत

फलफूल पकाउने कार्बाइड प्रयोग नगर्न सरकारले गरायो सचेत

सरकार फलफूल चाँडो पकाउन लागि कार्बाइड (एसिटिलिन ग्यास) प्रयोग नगर्न सचेत गराएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक सूचना जारी गर्दै फलफूल पकाउनका लागि प्रयोग गरिने रासायनिक पदार्थ प्रयोग नगर्न सम्बन्धित सबैलाई सचेत गराएको हो । 

कार्बाइडले मानव स्वास्थ्यको प्रतिकूल असर गर्ने भन्दै विभागले फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई प्रयोग नगर्न सचेत गराएको हो । खाद्य नियमावली २०२७ को दफा १९ (घ)ले कार्बाइडको प्रयोग निषेध गरेको स्मरण गराउँदै विभागले फलफूल पकाउन रसायनको प्रयोग गर्नुपरेमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनहरूको तोकिएको विधिअनुरुप मात्र गर्न सूचित गरेको छ । 

विभागले फलफूलको सेवन गर्दा राम्रोसँग सफा पानीले पखालेरमात्र गर्न उपभोक्ताहरू पनि आग्रह गरेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्