२९ असार २०८३, सोमबार

टुबोर्ग ओपन २०२२ मा इमर्जिङ कलाकार भेक सहभागी, नयाँ गीत चाँडै आउने

टुबोर्ग ओपन २०२२ मा इमर्जिङ कलाकार भेक सहभागी, नयाँ गीत चाँडै आउने

नेपालको सबैभन्दा लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतको धेरै वर्षदेखि निकै गहिरो सम्बन्ध चलिरहेको छ । टुबोर्गले सधै संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आइरहेको छ । विगत ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन क्याम्पेनद्वारा निरन्तर कैयौँ राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरू संलग्न भई संगीत क्षेत्रलाई उत्थान गर्दै आइरहेका छन् ।

टुबोर्गले नेपालमा मात्र नभई भारत, चीन, टर्की, सर्बियालगायत अन्य देशहरूमा पनि टुबोर्ग ओपेन क्याम्पेनमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारलाई जोडेर नयाँ संगीत सृजना गर्दै आइरहेको छ । टुबोर्ग ओपेन अभियान टुबोर्ग उत्पादन फैलिएका विभिन्न देशमा छैटौं पटक हुदै छ । नेपालमा यो पाँचौ पटक हुने छ ।

यो वर्ष ‘टेक द स्टेज’ नारासहित टुबोर्ग ओपेन हुँदै छ । जसमा अन्तराष्ट्रिय विश्वप्रख्यात कलाकारले स्वदेशी कलाकारलाई मेन्टरशीप प्रदान गरी उनीहरूलाई संगीतको मूल भाव र एउटा लोकप्रिय कलाकार कसरी बन्ने भनी मार्गदर्शन गर्ने गरेका छन् ।

टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ । यो अभियानमा नेपालबाट यसवर्ष उदयीमान कलाकार भेक जोडिएका छन् । जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन् ।  उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए भने उनको सो गीत अमेरिका र न्यूजील्याण्डमा नम्बर एकमा पुग्न सफल भएको थियो । उनका थुप्रै गीत हिट छन् । जसमध्ये केही हिट गीत जलेबी बेबी, स्वाला, सेभेज लभ आदि हुन् । 
भेक नेपाली सांगितीक आकाशमा पछिल्लो पुस्ताका उदयीमान लोकप्रिय संगीतकर्मी हुन् । उनले पनि छोटो समयमै लोभलाग्दो लोकप्रियतासँगै क्रेज कमाएका छन् । उनको सबैभन्दा चर्चित गीतहरू मध्ये ‘एक्लै जिउन सिके, मायालु, लै बरी लैे’लगायत छन् । 

गत महिना जसेन डेरुलोसँग अमेरिकाको लस एन्जलसमा टुबोर्ग ओपेन २०२२ को एमर्जिङ कलाकार भेकले मेन्टरशिप प्राप्त गरी नेपाल फर्किसकेका छन् । यो वर्षको लागि भेकले आफ्नो मेन्टरशिपद्वारा सिकेका ज्ञानहरूले एउटा नयाँ गीत बनाउने बताएका छन् । उनको नयाँ गीत केही महिनामा बजारमा उपलब्ध बताइएको छ । 

गोर्खा ब्रुअरीका मर्केटिङ डाइरेक्टर आशिष बिस्टले टुबोर्ग र संगीतको नाता नेपाली सांगीतक क्षेत्रमा एकदम गहिरो रहेको बताएका छन् । उनले कैयौँ वर्षदेखि यो अटुट सम्बन्ध अझै पनि कायम रहेको बताउँदै संगीतको सबै विधासँग टुबोर्गले सहकार्य गर्दै आएरहेको बर्ता । ‘चाहे रक होस्, क्लासिक होस्, दोहोरी होस् अथवा ई.डि.म नै होस्, टुबोर्गले सधै संगीतलाई समर्थन गर्दै आएको छ । यो पालि पनि सोही सम्बन्धलाई अगाडि लगी टुबोर्गले संगीतद्वारा देश तथा विदेशमा रहेका कलाकारहरूलाई जोड्न सफल भएको छ’, उनले भने । 


 

salt training

कमेन्ट गर्नुहोस्