
हिन्दू नेपालीहरूको महान चाड तीजको अवसरमा टोकला चियाको प्रायोजनमा मखन न्युरोडमा सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ । तीजको अवसरमा मंगलवार टोकला चियाले चर्चित कलाकारहरूको साथमा तारिणी बहाल मखनमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । टोकला चियाले तीजको अवसरमा गर्न लागेको यो पाँचौ संस्करणको सांगीतिक कार्यक्रम हो । २०७३ सालदेखि टोकला यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ ।
‘टोकला तीजको लहर, नाच्ने, गाउने, झुम्ने रहर’ भन्ने स्लोगनसहित हुन लागेको यसवर्षको कार्यक्रम काठमाडौं वडा २५ युवा क्लबले आयोजना गर्नेछ भने टाइम्स एफ एमको प्रस्तुति रहने छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने कार्यक्रममा मिलन नेवा, सुवानी मोक्तान, मेगा श्रेष्ठ, रोशा फुँयाललगायतका चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन् ।
उक्त सांगीतिक कार्यक्रममा दर्शकहरूलाई सहभागी गराई विभिन्न खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिने छ । कार्यक्रमको अवसरमा टोकला चियाले आफ्नो नयाँ उत्पादनको बारेमा पनि जानकारी दिनेछ ।
कार्यक्रम अवधिभर दर्शकहरूलाई नाच्नका लागि फ्लोर पनि प्रदान गरिने छ । संगीत तीज विशेष गीत, ट्रेन्डिङ गीत वा स्रोताको प्रकृतिले रुचाउने अन्य कुनै पनि हुने आयोजकले जनाएको छ ।