२८ असार २०८३, आइतबार

वीरगन्जमा डेंगु र स्क्रब टाइफसका बिरामी ह्वात्तै बढे

वीरगन्जमा डेंगु र स्क्रब टाइफसका बिरामी ह्वात्तै बढे

पर्साको वीरगञ्जमा डेंगु र स्क्रब टाइफसका बिरामीको संख्या ह्वात्तै बढेको छ ।

वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लिनिकमा दिनहुँ डेंगु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन् । 

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगञ्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेंगु र स्क्रब टाइफसको लक्षण देखिएको उनले बताए ।

बिरामीको संख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । 

हाल दैनिक रूपमा १५–२० जनामा डेंगु र स्क्रब टाइफसका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन् । बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्षण देखिने गरेको डा. सिंहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्