०८ असार २०८३, सोमबार

सामाजिक संस्था ‘द राउण्ड टेबल नेपाल’द्वारा बिर्तामोडस्थित सरकारी विद्यालयको भवन निर्माण

सामाजिक संस्था ‘द राउण्ड टेबल नेपाल’द्वारा बिर्तामोडस्थित सरकारी विद्यालयको भवन निर्माण

सामाजिक संस्था द राउण्ड टेबल नेपालको विर्तामोड शाखाले झापाको विर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयमा २ वटा कक्षा कोठा निर्माण गरेको छ । पूर्वाधार अभावमा विद्यार्थीको अवस्था दयनीय भएको पाइएपछि राउण्ड टेबलले कक्षा कोठा निर्माण गरिदिएको हो । 

२४ लाख रुपैयाँको लागतमा २ कक्षा कोठा र विद्यालय परिसरको ५ कठ्ठा जग्गामा कम्पाउण्ड वाल निर्माण गरिएको छ । यस वर्ष विद्यालयमा २ वटा शौचालय र खानेपानी व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ । 

भदौ १३ गते विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई र द राउण्ड टेबल नेपालका अध्यक्ष आन्नद बाहेतीले संयुक्त रूपमा कक्षा कोठा विद्यालयलाई हस्तान्तरण गरेका छन् । 

द राउण्ड टेबल नेपालअन्र्तगत रहेको विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ ले मोरङको रंगेली नगरपालिकास्थित महेर्शी मेही आधारभूत विद्यालयलाई १५ लाख बराबरको सहयोग गरेको छ । उक्त रकमले सो विद्यालयमा शौचालय र कम्पाउण्ड वाल निर्माण गरेको छ । 

राउण्ड टेबलले सो विद्यालयमा बहुवर्ष योजनाअन्तर्गत १ करोड रुपैयाँभन्दा बढीको लगानी गरिसकेको छ । राउण्ड टेबलले हरेक वर्ष उक्त विद्यालयमा सहयोग गर्दै आएको छ । 

सोमवार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी निर्माण सम्पन्न शौचालय र कम्पाउण्ड वाल हस्तान्तरण गरिएको छ । द राउण्ड टेबल नेपालका अध्यक्ष आन्नद बाहेती, विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ का अध्यक्ष सुमित गोयल र रंगेली नगरपालिका उपमेयर भूमा पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षकलगायत स्थानीयको उपस्थिति रहेको थियो । 

राउण्ड टेबल नेपाल, नेपालको गैर नाफा मूलक संस्था हो जसले देशका विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३७३ कोठा सहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । 

राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३२ च्याप्टरमा कुल ५४० सदस्य रहेका छन् । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना ‘फ्रिडम थ्रू एजुकेसन’ अभियान सञ्चालन गरिरहेको छ । संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामाग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ । 

राउण्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने सो निर्माणमा अहिले सम्ममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । शिक्षा क्षेत्रसँगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ । खोलिएका विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चार देखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नु पर्ने थ्यालेसिमिया नामक रोगका बिरामीहरुलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइ रहेको छ । 

त्यसैगरी कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइनअन्र्तगत बिरामीहरूलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बरावरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरूलाई हस्तान्तरण गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्