
भारतीय मूलका एक अमेरिकीलाई अमेरिकाको क्यालिफोर्नियामा जातिवादी गालीगलौज गरिएको छट ।
फ्रेमोन्टमा गत अगस्ट २१ मा तेजिन्दर सिंह नामक व्यक्तिले कृष्णन जयरमणलाई शाब्दिक आक्रमण गरेका हुन् ।
उनले जयरमनलाई फोहोरी हिन्दू र घिनलाग्दो कुकुर भनेका थिए ।
सिंहलाई सोमवार घृणाजन्य अपराधको अभियोग लगाइएको फ्रेमोन्ट प्रहरी कार्यालयले जनाएको छ ।
जयरमन खानेकुराको अर्डर लिन लाइन बसेको बेलामा सिंहले उनलाई भने, ‘तँ घिनलाग्दो कुकुर होस् । तँ फटाहा जस्तो देखिन्छस् । यसरी सार्वजनिक ठाउँमा नआइज ।’
त्यतिले नपुगेर उनले जयरमनलाई फोहोरी हिन्दू भने अनि निगर समेत भने । जयरमनको मुखैमा गएर उनले गाईको मासु भनी चिच्याए ।
ती व्यक्ति खालिस्तानी भएको पछि जयरमनले थाहा पाए ।
केही दिनअघि टेक्ससमा एक महिलाले चारजना हिन्दू महिलामाथि दुर्व्यवहार गरेकी थिइन् ।