×

NMB BANK
NIC ASIA

आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ गठबन्धनमा सबै सिट बाँडफाँटको कुरा अझै मिलिसकेको छैन । 

Sagarmatha Cement
Muktinath Bank

मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा सत्तामा रहेका दलहरूले तालमेल गर्ने निर्णय गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेलका लागि सिट बाँडफाँटको गृहकार्य गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रदेश सभाको ३३० र प्रतिनिधि सभाको १६५ सिटको बाँडफाँटबारे गठबन्धनभित्र निरन्तर छलफल चलिरहेको छ । बुधवार साँझ ५ बजेका लागि गठबन्धन कार्यदलको बैठक बोलाइएको छ भने बिहीवार बिहान ९ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेर सिट बाँडफाँटमा सहमति गर्ने तयारी रहेको कार्यदलका एक नेताले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

‘आजको बैठकबाट सकेसम्म सहमतिको प्रयास गर्छौं । नमिलेको निर्वाचन क्षेत्र र सिट संख्याबारे भोलि (बिहीबार) बस्ने शीर्ष नेताहरूको बैठकले टुंगो लगाउँछ,’ कार्यदलमा सदस्यको रूपमा काम गरिरहेका एक नेताले भने । 

उनका अनुसार अहिलेसम्म प्रतिनिधि सभाको कूल १६५ मध्ये १०० सिटको बाँडफाँटमा कुरा मिलिसकेको छ । बाँकी ६५ सिटमध्ये धेरैजसोमा आजको बैठकबाट टुंगो लगाउने र मिल्न नसकेका निर्वाचन क्षेत्रबारे शीर्ष नेताहरूले नै निर्णय गर्ने कार्यदलका ती सदस्यले जानकारी दिए । 

गठबन्धनभित्र कांग्रेसले ५० प्रतिशत र अन्य दलले बाँकी ५० प्रतिशतको आसपासमा सिट लिने गरी मोटामोटी रूपमा सिटको संख्या टुंगो लगाइएको छ । अहिलेसम्म कुरा मिलिसकेका १०० सिटमध्ये धेरैजसो कांग्रेसले दाबी गरेका निर्वाचन क्षेत्रहरू रहेको ती नेताले जानकारी दिए ।

‘कतिपय निर्वाचन क्षेत्रमा सबैजसो दलको दाबी छ । त्यसमा कार्यदलले निर्णय गर्न कठिन छ । ती निर्वाचन क्षेत्रबारे शीर्ष नेताहरूले नै छलफल गरेर निर्णय गर्नुहुन्छ । शीर्ष नेताले नै निर्णय गर्नुपर्ने करीब १०–१५ निर्वाचन क्षेत्र हुनसक्छन्,’ कार्यदलका अर्का एक नेताले लोकान्तरसँग भने । 

कुन दलले दाबी गरेको कति सिट बाँडफाँटमा सहमति भएको भन्नेबारे भने कार्यदलका ती सदस्य खुलाउन तयार भएनन् । ‘कार्यदलमा छलफल भएका धेरै कुरा बाहिर लैजाँदा हाम्रो काम प्रभावित भएको छ । कुन दलका लागि कति सिट निर्विवाद भयो भन्ने अहिले खुलाउन मिल्दैन । समग्रमा १०० सिट बाँडफाँटका विषयमा कुरा मिलेको छ,’ ती सदस्यले भने । 

साँझ बस्ने कार्यदलको बैठकमा जानुअघि कार्यदलका सदस्यहरूले आफ्ना दलका शीर्ष नेताहरूसँग परामर्श गरिरहेका छन् । 

शुरूमा नेपाली कांग्रेसका नेताहरूले १०० सिटमा दाबी गरेको भए पनि अहिले भने कांग्रेस ८५–९० सिटमा सहमत हुन तयार भएको कार्यदलका नेताहरू बताउँछन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेत समेट्ने अवस्थामा कांग्रेसलाई ९० सिटसम्म दिन अन्य दल सहमत भएको नेताहरूले बताएका छन् । 

२०७४ सालको निर्वाचनमा जितेको आधारमा सिट बाँटफाँट गर्ने र बाँकी सिटबारे छलफल गर्ने न्यूनतम मापदण्ड बनाएको सत्तारूढ गठबन्धनभित्र अहिले भने जीत र हारको अवस्थाको समेत विश्लेषण गरेर निर्वाचन क्षेत्र साटफेर गर्ने सहमति पनि बनेको छ । ‘हामीले जीतहारको अवस्थाको समेत विश्लेषण गरेका छौं । सिट बाँडफाँट भइसकेपछि गठबन्धनमा रहेका दलहरूबाट असहयोग हुने अवस्था नआओस् भन्नेमा अहिल्यै ध्यान दिने प्रयास गरिएको छ,’ ती सदस्यले लोकान्तरसँग भने । 

बिहीवार बिहान बस्ने शीर्ष नेताहरूको बैठकले प्रदेश र प्रतिनिधि सभा दुवैतर्फका सिट बाँडफाँटको टुंगो लगाएर सहमति गर्ने आन्तरिक तयारी भइरहेको कार्यदलका नेताहरूले बताएका छन् ।

‘धेरैजसो विषय आज साँझ बस्ने कार्यदलको बैठकले टुंगो लगाउँछ । केही विषय भोलि शीर्ष नेताहरूसँगै बसेर छलफल हुन्छ,’ ती नेताले भने । 

गठबन्धनको कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य छन् ।

कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

माओवादी केन्द्रबाट महासचिव देव गुरूङ र उपमहासचिव वर्षमान पुन सदस्य छन् । गुरूङ अस्वस्थ्य हुँदा अर्थमन्त्री जनार्दन शर्मा कार्यदलको बैठकमा सहभागी हुने गरेका थिए । 

एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल कार्यदलको सदस्य छन् । जनता समाजवादी पार्टीका कार्यकारी सदस्य रामसहायप्रसाद यादव र रकम चेमजोङ सदस्य छन् । राष्ट्रिय जनमोर्चाका तर्फबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । 

कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई कार्यदलको संयोजकको जिम्मेवारी तोकिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x