३२ असार २०८३, बिहीबार

एनआइसी एशिया बैंकको खातामा अब भीसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने

एनआइसी एशिया बैंकको खातामा अब भीसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने

एनआइसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिजा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने सेवा शुरू भएको छ ।

यस बैंकले भिजा इन्टरनेसनलसँग सहकार्य गर्दै नयाँ सेवाको शुरूवात गरेको हो । 

अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सकिनेछ । 

यस सेवा अन्तर्गत विश्वका कुनै पनि भिजा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा यस बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । 

त्यसका लागि रकम पठाउनु हुने विदेशी तथा स्वदेशी महानुभावहरूले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिजा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सकिने बैंकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्