३० असार २०८३, मंगलबार

प्रेमराजा र शान्तीश्रीको ‘बन्दिपुरैमा’ गीतलाई करोड भ्युज

प्रेमराजा र शान्तीश्रीको ‘बन्दिपुरैमा’ गीतलाई करोड भ्युज

अग्रज लोकगायक प्रेमराजा महतको ‘बन्दिपुरैमा’ बोलको लोक गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको छ । प्रेमराजा र शान्तिश्री परियारको स्वरमा ९ महिनाअघि यो गीत युट्युबमा सार्वजनिक गरिएको थियो ।

प्रेमराजा स्वयंमकै शब्द, संगीत रहेको गीतमा बि.बि अनुरागीको एरेन्ज छ । 

प्रेमराजा र शान्तीश्रीको स्वर रहेको यो पहिलो गीत हो । 

अर्का अग्रज लोकगायक एवं संगीतकार नारायण रायमाझीको निर्देशनमा तयार भिडियोमा प्रेमराजा स्वयंमको अभिनय छ । 

मोडल रञ्जिता गुरुङसँग भिडियोमा प्रेमराजाले अभिनय गरेका छन् । 

मानकृष्ण महर्जनको छायाँकन, विन्दु खड्काको कोरियोग्राफी रहेको भिडियोलाई मिराज अर्यालले सम्पादन गरेका हुन् ।

गीतले युट्यु्बमा एक करोड भ्युज पाएसँगै गायिका शान्तीश्री परियारले खुशी व्यक्त गरेकी छिन् ।

शान्तीश्री फेसबुकमा लेख्छिन्, ‘आदरणीय अग्रज गायक प्रेमराजा महत दाजुसङ्गको मेरो पहिलो सहकार्य बन्दिपुरैमा गीत १ करोड पटक हेरीएको छ । यसो भन्दा पनि फरक नपर्ला कि, १ करोड श्रोता दर्शकहरुको मन जित्न सफल भएकोमा निक्कै खुशी लागेको छ । प्रिय दर्शक–श्रोताज्यूहरु हजुरहरुको यो माया सधै पाइरहुँ । र , आदरणीय प्रेम दाजु हजुरसङ्गको यो सांगीतिक सहकार्यबाट म धेरै खुशी छु । र, धन्यवाद ब्यक्त गर्दछु ।’ 

‘सिमसिमे पानीमा’, ‘पानको पात’, ‘बाँझो खेतमा’ जस्ता थुप्रै  हिट गीत दिएका लोक गीतका हस्ती प्रेमराजा २ दशकभन्दा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । तर उनको नेपाल आउजाउ भने बाक्लै हुने गरेको छ । 

नेपाल आएको समयमा गीतसंगीतमा पनि उनी उत्तिकै सक्रिय हुने गरेका छन् ।

दुई महिना अघि नेपाल आगमनको क्रममा पनि उनले ‘पीपल डाँडे साइँली’ बोलको गीत गाउनुका साथै भिडियोमा समेत अभिनय गरेका थिए । उनी असोजमा पुनः नेपाल आउने बताएका छन् । 


salt training

कमेन्ट गर्नुहोस्