×

NMB BANK
NIC ASIA

जितिया व्रतका लागि उपवासको क्रम शुरू

असोज १, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

आउँदो ३६ घण्टासम्म निर्जल र निराहार भएर मनाइने कठोर व्रत जितियाअन्तर्गत उपवासको क्रम शनिवार एकाबिहानैदेखि शुरू भएको छ ।

Muktinath Bank

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्वका लागि आज बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलका नारीहरूले उपवास शुरू गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल र भारतका विभिन्न भागमा नहा खा (नुहाएर खानु) विधिअनुसार शुक्रवारदेखि पर्व शुरू होे । 


Advertisment
Nabil box
Kumari

व्रत बस्नुअघि शुक्रवारका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौंलाको पातमा भगवान् जितमाहन र दिवंगत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रूपमा चढाई परिवारका सबै सदस्यलाई खुवाएर आफूले पनि खाएका थिए । 

Vianet communication
Laxmi Bank

बिहानैदेखि निराहार एवं निर्जल व्रत शुरू गरेर  आइतवार बेलुका ५ बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए । तराई मधेसका मधेशी तथा थारु महिलाले मनाउने यस पर्वमा महोत्तरीका सयौं व्रतालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अंकुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवर लगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुने गर्दछन् । यो कथा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

व्रत बस्नु अघिल्लो दिन व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौंलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलबाट आ–आफ्ना सन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो)’ भनिन्छ । 

धार्मिक विधिपूर्वक शनिवार एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाले ओंगठन अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायजसो महिलाले ओंगठनमा च्यूरा र दही खाने गरेको पाइन्छ । त्यसपछि कठोर उपवासको क्रम शुरू हुन्छ । आश्विन कृष्णपक्षको अष्टमीका दिन मनाइने यो व्रत विशेष रहेको जलेश्वर नगरपालिका–८ पण्डित कालीकान्त झाले बताए ।

यस पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व छ । मटिहानीस्थित यालना संस्कृत विद्यापीठका प्राध्यापक धु्रव रायले भने, ‘यस पर्वले मिथिलाका महिलाको सांस्कृतिक भूमिका र महत्त्व पनि उजागर गर्छ ।’

पितृ पक्षमा मनाइने पर्वमा महिला आफैंले दिवंगत पितृलाई पिण्ड चढाउँछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई खड जितिया पनि भनिएको हो । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले ७ जनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले त्यसैबेलादेखि यो व्रत शुरू भएको पौराणिक कथन छ । जीवनमा १ पटक टुटेपछि पुनः गर्न नपाइएने हुँदा हत्तपत महिलाले यो पर्व अँगाल्दैनन् तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा एक पटक यो पर्व अपनाउनै पर्ने चलन रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x