बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदैछ ।
बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह शुरू हुनेछ ।
अन्त्येष्टि अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।
महारानी एलिजाबेथको अन्तिम संस्कार विन्ड्सरमा रहेको किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बीबीसीले जनाएको छ ।
राजकीय अन्तिम संस्कारमा उनको परिवारसहित विश्वका शीर्ष नेताहरूसमेत सहभागी भएका छन् ।
झण्डै ७ दशक शासन गरेकी महारानी एलिजाबेथको गएको भदौ २४ गते निधन भएको थियो ।
आज बेलायतमा सार्वजनिक बिदाको घोषणा गरिएको छ ।