२७ असार २०८३, शनिबार

धनगढीमा अनसनरत डा. गोविन्द केसीकाे स्वास्थ्यमा समस्या, काठमाडौं ल्याउने तयारी

धनगढीमा अनसनरत डा. गोविन्द केसीकाे स्वास्थ्यमा समस्या, काठमाडौं ल्याउने तयारी
फाइल तस्वीर

स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै २० औँ पटक अनसनमा बसिरहेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याइने भएको छ । पछिल्लोपटक ९ दिनदेखि धनगढीमा अनसन बसिरहेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको हो । 

उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ । उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएपछि काठमाडौं पठाउन सुझाव दिएका थिए । 

सेती प्रादेशिक अस्पतालका चिकित्सकहरू सल्लाहअनुसार डा. केसीलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी गरेको जिल्ला प्रशासनले कार्यालय कैलालीले जानकारी दिएको छ । 

धनगढीस्थित गीता सत्संग समितिको धर्मशालामा अनसन बसेका केसीलाई गएको  बुधवार स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको थियो । 

डा. केसीले यसअघि १९ पटक संघीय राजधानी काठमाडौं तथा देशका अन्य भागमा पुगी अनसन बसिसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्