कात्तिक १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् ।
अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने प्रवृत्तिले यहाँ विद्यार्थी बाल विकासबाहेकका विद्यार्थी शून्य भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ विद्यालयमध्ये १४ विद्यालयमा बाल विकासका कक्षा मात्रै सञ्चालन भएको देखिन्छ ।
नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई गरी १४ विद्यालयमा बाल विकासका विद्यार्थी मात्रै रहेको शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले जानकारी दिए । उनका अनुसार जिल्लाका १४ विद्यालयमा बालविकासका कक्षा मात्रै सञ्चालन भएको छ । “भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास सकिएना साथ विद्यालयमा शून्य विद्यार्थी हुने गरेका छन्”, प्रमुख चपाईले भने ।
मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको उनले बताए । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी अन्यत्र सरेको उनको भनाइ छ । शैक्षिक सुधारका विभिन्न कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिए पनि विद्यार्थी भने शून्य नै रहेको उनले बताए । विद्यार्थी शून्य हुँदै जानुका विषयमा स्थानीय सरकारसमक्ष विभिन्न तवरबाट छलफल भइरहेको उनले बताए ।
जिल्लाका चार पालिकाका विभिन्न विद्यालयमा विद्यार्थीविहीन भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आगामी पुस २ गते दशरथ रंगशालामा हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सूचना जारी गरी विद्यार्थीहरूलाई दीक्षान्त समारोहबारे सूचित गराएको हो । ...
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम सार्वजनिक गरेको छ । विश्व विद्यालयले शैक्षिक वर्ष २०८०/०८१ का लागि मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षा शास्त्...
विराटनगर इन्टरनेशनल कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । इटहरीको सोल्टी वेस्टेन्डमा बुधवार भएको दीक्षान्त समारोहमा ७९ विद्यार्थीहरू समग्रमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस मैनेजमेन्ट विषयमा दी...
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले शिक्षक कर्मचारीका सबै माग सम्बोधन हुनेगरी संघीय शिक्षा ऐन संसदबाट पारित हुने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्ष संगठन(युएण्टो)को का...
हेराल्ड कलेज काठमाडौंले वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । होटल याक एण्ड यतीमा सोमवार भएको समारोहमा ३३४ भन्दा बढी विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसमध्ये २७२ जना बीएस्सी ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...