
सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड दसैँको अवसर पारी ग्राहकलाई लक्षित गर्दै दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ ।
डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले आश्विन ८ गते देखि लागु हुने गरी उक्त योजना ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले यहि आश्विन ८ गते देखि १४ गते सम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० % वा रु. २००० क्यास ब्याक पाउन सकिने बैंकले जनाएको छ ।
यस योजनाले नगद भुक्तानी बाट डिजिटल भुक्तानी तर्पm आकर्षित गर्ने विश्वास लिएको बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।