असोज २७, २०८०
काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...
नेपालको प्रमुख आईटी कम्पनी इन्फोडेभलपर्सले सूचना प्रविधि विषय पढ्दै गरेका विद्यार्थीहरूका लागि करियर विकास गर्ने ‘क्लिक टू करिअर’ कार्यक्रमको शुरुवात गरेको छ । यस कार्यक्रमले आईटी क्षेत्रमा आउन चाहने नयाँ ट्यालेन्टहरूलाई आईटी उद्योगको लागि आवश्यक पर्ने सीप प्रदान गर्ने, प्रशिक्षण दिने, आईटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्ने अवसर प्रदान गर्नेछ ।
यस कार्यक्रमले आईटी उद्योग र एकेडेमियाबीचको दूरीलाई पनि कम गर्न सहयोग गर्नेछ । कार्यक्रमलाई संस्थागत गर्न कार्यक्रमको आफ्नै वेबसाइट निर्माण गरिएको छ । जसमार्फत थप सूचना प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यस कार्यक्रमअन्तर्गत इन्फोडेभलपर्सले अहिलेसम्म पाँचभन्दा बढी कलेजहरूमा ‘क्लिक टू करिअर’ कार्यक्रम सञ्चालन गरिसकेको छ । कम्पनीले सञ्चालन गरेको परीक्षामार्फत करिब २०० विद्यार्थीहरूलाई सोमवारबाट विभिन्न विधामा प्रशिक्षण प्रदान गर्ने छ । सहभागीहरुलाई आईटी डोमेनका विभिन्न प्रोजेक्टहरूमा संलग्न गराएर प्रशिक्षण दिइनेछ । इन्फोडेभलपर्समा कार्यरत विशेषज्ञहरुले सहभागीहरुलाई मेन्टरिङ तथा मार्गदर्शन समेत गर्नेछन् ।
‘क्लिक टू करिअर’ कार्यक्रमका संयोजक तथा इन्फोडेभलपर्सका सिओओ डा. राजीव सुब्बाका अनुसार यस कार्यक्रमको प्रमुख उद्देश्य भनेको कलेजमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई सूचना प्रविधिका विभिन्न प्रोग्रामिङ विधाहरूमा ६० घण्टाको प्रशिक्षण दिएर संस्थामा वास्तविक कार्यहरु संग काम गर्ने अनुभव प्रदान गर्नु हो ।
यस कार्यक्रममा रियाक्ट, भ्यू, एंगुलर, नेड, जाभा, एआई, क्यूए, डेटाबेसमा प्रशिक्षण दिइनेछ । यसैगरी यस कार्यक्रमले एन्ड्रोइड, रियाक्ट नेटिभ, पिएचपी, डट नेट, आईओएस, यूआई÷यूएक्स डिजाइन, ग्राफिक डिजाइन , बिजनेश एनालिस्ट र फ्ल्टर जस्ता प्रोफेसनल तथा प्रोग्रामिङ कोर्सहरुमा करियर विकासको लागि विद्यार्थीलाई सहयोग गर्दछ ।
यस कार्यक्रममा प्रशिक्षण समाप्त भएपछि आफ्नो क्षमता अनुसार सहभागीहरुले रोजगारको अवसर पनि प्राप्त गर्नेछन् । कम्पनीले गत वर्ष विन्टर कोड क्याम्प पनि आयोजना गरेको थियो ।
काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
हेराल्ड कलेज काठमाडौंले वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । होटल याक एण्ड यतीमा सोमवार भएको समारोहमा ३३४ भन्दा बढी विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसमध्ये २७२ जना बीएस्सी ...
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
विराटनगर इन्टरनेशनल कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । इटहरीको सोल्टी वेस्टेन्डमा बुधवार भएको दीक्षान्त समारोहमा ७९ विद्यार्थीहरू समग्रमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस मैनेजमेन्ट विषयमा दी...
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आगामी पुस २ गते दशरथ रंगशालामा हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सूचना जारी गरी विद्यार्थीहरूलाई दीक्षान्त समारोहबारे सूचित गराएको हो । ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...