कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
सिरहामा झिझिया नृत्यको रौनक शुरू भएको छ ।
घैंटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रदर्शन नै झिझिया नृत्य हो ।
दशैं शुरू भएसँगै गाउँगाउँमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिला क्षेत्रमा आफ्नै महत्त्व छ । दशैंमा देवी स्तुतिका रूपमा झिझिया नृत्य गरिन्छ ।
बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ । दशैं शुरू भएपछि हरेक साँझ देवी दुर्गाको मन्दिरमा झिझिया नाच गरिन्छ ।
मिर्चैया नगरपालिका–२ मल्हनियाँ पिरारीमा झिझिया नृत्य प्रतियोगिता आयोजना गरिएको र नृत्यमा प्रथम, द्वितीय, तृतीय हुनेलाई पुरस्कार दिने दुर्गा पूजा समिति अध्यक्ष शिवशंकर कापरले बताए । कल्याणपुर नगरपालिका–११ कल्याणपुर बजार दुर्गा मन्दिरमा अर्नामाबाट आएका महिलाको समूहले झिझिया नृत्य गरेको स्थानीय अजय मण्डलले बताए ।
जिल्लाकै लक्ष्मीपुर पतारी गाउँपालिक–१ रामपुर दुर्गा मन्दिर प्राङ्गणमा झिझिया नृत्य प्रतियोगितामा सहभागी हुन झिझिया समूहलाई आमन्त्रण गरेको स्थानीय रामकुमार रजकले बताए ।
सिरहामा कमला नदी क्षेत्रमा बसोबास रहेका बस्तीमा बढी झिझिया खेल्ने गरेको पाइन्छ । जिल्लामा कर्जनहा नगरपालिका, कल्याणपुर नगरपालिका, सिरहा नगरपालिका, मिर्चैया नगरपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका, औरही गाउँपालिका, गोलबजार नगरपालिका केही भागमा यो नाच देखाइन्छ । जिल्लाकै पूर्वी स्थानीय तहमा र सप्तरीमा झिझिया नृत्य मनाउने चलन छैन ।
गाउँघरका महिलाले आफ्नो पारिवारिक शान्तिको कामना गर्दै दशैंताका झिझिया नृत्य नाच्ने गरेको विष्णुपुर गाउँपालिकाका सन्तोष यादवले बताए । समाज रुपान्तरणसँगै लोकनृत्य गायब हुन थालेका छन् । अहिले मञ्च लगाएर ‘डिजे साउण्ड’मा झिझिया हुन थालेको चौहर्वाका दीपेन्द्र यादवले बताए ।
राति समूह समूहमा महिला झिझिया नृत्य गरिरहेको सहजै देख्न सकिन्छ । यसको एउटा उद्देश्य दशैंको समयमा देवी दुर्गालाई रिझाउनु रहेको छ । झिझिया नृत्य गर्दै गाइने गीतहरूमा भगवती दुर्गाको स्तुति गरिएका अत्यन्त मोहक गीतहरू पनि गाइन्छन् । त्यसमा प्रत्येक दशैंमा आफ्ना खास सवारीसाथ आउने भगवतीको शृृंगार डोलीमा सवारी र कामख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीतहरू गाइन्छ ।
झिझियामा स्वच्छ घैंटो किनेर त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ । घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । विजयादशमीको दिन पूजा पाठ, भोज र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्जन हुने गरेको सिरहा नगरपालिका–१ की मनिषा यादवले बताइन् ।
झिझिया नृत्यको अर्को उद्देश्य बोक्सीबाट आफ्ना सन्तानको सुरक्षा गर्नु पनि रहेको कल्यायपुर नगरपालिका–५५ वर्षीया लालीदेवी दासले बताइन् । झिझिया लोकनृत्य सिरहालगायत धनुषा, मोहत्तरी, सर्लाही, बारा, पर्सा सहितका जिल्लामा नाचिन्छ । भारतीय मिथिला क्षेत्रमा पनि यो नृत्य प्रस्तुत गरिन्छ ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...