×

Dabur
MG

असनका नौथरी नेवारमा यस्तो थियो कामको विभाजन, परम्परागत सीप लोप हुने अवस्थामा

असोज १२, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

देवीदेवतालाई लगाउने कपडा बुन्ने जाति सिन्दुराकारले आफ्नो पेसा छोडेर अन्यत्र आकर्षित हुँदा बजारमा मौलिकताले युक्त यस्ता कपडा पनि लोप हुन थालेको छ । पूजामा बस्दा लगाउने मौलिक कपडा पनि सिन्दुराकार जातिले बनाउँथे । शिलाकार थरका नेवार समुदायले ढुंगाबाट मूर्ति, चैत्यलगायत मौलिक सांस्कृतिक चीजबीज निर्माण गर्थे । शिलाकार समुदाय पनि अहिले अरू नै पेसा व्यवसायमा आकर्षित भएको उदाय् समाजका महासचिव रजनी ताम्राकारले जानकारी दिइन् । 

yONNEX
Sagarmatha Cement
Kumari

उदाय् समाजमा नेवार समुदायका नौ थर छन् । जसमा सिन्दुराकार, शिलाकार, तुलाधर, स्थापित, ताम्राकार, बनियाँ, सिलालिक, सिख्राकार र कंसाकार हुन् । स्वयम्भूमा १२÷१२ वर्षमा आयोजना गरिने सम्यक् महादानमा उदाय् समाजका नौ थरले एक÷एक जिम्मेवारी निर्वाह गर्नुपर्ने व्यवस्था छ । तुलाधर समुदाय असन र नरदेवीमा छन् । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

पहिले ल्हासाबाट काठमाडौंमा गरिने व्यापार तुलाधर समुदायले गर्ने गरेका थिए । स्थापितले भने अहिले पनि काठको काम गरिरहेकै छन् । यद्यपि, पहिलेका तुलनामा अहिले परम्परागत काम गर्ने स्थापित समुदाय कम हुँदै गएका छन् । मौलिक, सांस्कृतिक महत्वका परम्परागत काममा आकर्षण नहुँदा युवा पुस्ता अन्य काममा लाग्ने गरेको उदाय् युवा पुचः की कोषाध्यक्ष स्वस्तिहीरा सिख्राकार बताउँछन् । 


Advertisment
Tezz
Berger
Pardeshi

‘युवालाई मौलिक कलाले भरिपूर्ण काममै फर्काएर संस्कृति संरक्षणका लागि तीन वर्षअघि युवा पुचः को स्थापना गरेर विभिन्न गतिविधिमा संलग्न भएका हौँ, मौलिकता युक्त हाम्रा कामबाट हाम्रो समुदाय बाहिरिनु हुन्न भनी युवा पुस्तामा चेतना एवं जागरण फैल्याउने काममा हामी लागेका छौँ’, उनले भने ।

Vianet communication
Laxmi Bank

नौ थरमध्येको बनियाँले आयुर्वेदिक औषधि बनाउँथे । यो समुदायले पनि परम्परागत काम छोडेर अहिले व्यापार व्यवसायतिर आकर्षित भएका छन् । जसका कारण आयुर्वेदिक औषधि बनाउन यो समुदायले पुस्तौँदेखि प्राप्त गरेको अनुभव अन्त्य भएको छ । नयाँले बनाउँदा कति गुणस्तरीय आयुर्वेदिक औषधि बन्ला भन्ने प्रश्न खडा भएको छ ।

सिलालिक समुदायले रोटी, मिठाई बनाउँथे । काठमाडौंको पुरानो शहरमा यिनै समुदायका मिठाई पसल हुन्थे । १२ वर्षमा स्वयम्भूमा गरिने सम्यक् दानमा पनि सिलालिक समुदायले नै रोटी, मिठाईलगायत सामग्री बनाउनुपर्ने नियम भने अहिले पनि यथावत् छ । अहिले सिलालिक थर लेख्ने समुदाय नै कम भइसकेको समाजका महासचिव ताम्राकार बताउँछिन् । 

‘सिलालिक समुदायले रोटी, मिठाईमात्र बनाउन छोडेनन्, आफ्नो थर नै तुलाधर लेख्न थाले, जसका कारण अहिले सिलालिकको जनसंख्या कम छ, अहिले धेरैमा ११ घर जतिले मात्र सिलालिक थर लेख्ने गरेका छन्’, उनले भनिन् । 

नयाँ पुस्ता परम्परागत काम छोडेर आधुनिकतातिर ढल्कँदा काठमाडौं उपत्यकाको मुख्य शहरी क्षेत्र असन, इन्द्रचोकका नेवारको मौलिकता नै खतरामा परेको छ । मौलिकता जोगाउने उद्देश्यले समाजले विभिन्न गतिविधि अघि बढाएको छ । उदाय् समाजले नौवटै जातिका परम्परागत पेसा र बनाउने गरेका मौलिक, सांस्कृतिक चीजबीज संग्रह गरेर संग्रहालयको स्थापना गरेको छ ।

नौ थरी नेवारी समुदायको मौलिक संस्कृतिको संरक्षणका लागि विसं २०७२ मा उदाय् संग्रहालय स्थापना भएको हो । नौ थरीका परम्परागत पेसा, व्यवसाय संरक्षणका लागि ३० वर्षअघि उदाय् समाज गठन गरिएको थियो । अहिले असन क्षेत्रको मौलिक संस्कृतिको खोजी गर्न चाहनेहरु उदाय् समाजको कार्यालय पुग्ने गरेका छन् ।

तामाको भाँडा बनाउने ताम्राकार समुदायमा पनि अहिले यो पेसा गर्ने कमै भेटिन्छन् । यो समुदायले १२ वर्षमा स्वयम्भूमा हुने सम्यक् दान पर्वमा पयँता बाजा बजाउने गर्छन् । ताम्राकार समुदायबाट बाजा बजाउनेलाई समेटेर पयँता बाजा खलः गठन गरिएको हुन्छ । तिनले यो बाजा सम्यक् दानका समयमा मात्र बजाउँछन् । अरू समयमा यो बाजा बाहिर निकाल्न नहुने जनविश्वास रहेको छ ।

मन्दिर, चैत्य एवं घर, भवनको गजुर तथा छाना निर्माण गर्ने सिख्राकार समुदायले पनि अहिले यो काम छोडिसकेका छन् । नौ थरी नेवार समुदायमध्येको कंसाकार समुदायले काँसका थाल, कचौरालगायत सामग्री बनाउँथे । यो समुदायले पनि अहिले परम्परागत काम छोडिकसकेको छ । काँसका भाँडा राम्रो मानिन्छ । अहिले सिलाबर र स्टिलका सामानले बजार पिटेको छ ।

उदाय् समाजले सिख्राकार, कंसाकार, ताम्राकारलगायत नौ थरी नेवार समुदायलाई पुरानै पेसामा स्थापित गराएर मौलिक संस्कृति संरक्षण गर्ने जनाएको छ । यसका लागि नौ थरी समुदायमै जागरणका काम भइरहेका छन् । रासस

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १५, २०८०

ढोरपाटन– नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान आर्थिक संकटको समाधानका लागि सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहकार्यमा वृहत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोड...

असोज १५, २०८०

 सम्झौताअनुसार समयमै काम भएको भए यतिबेला सङ्घीय संसदका काम कारबाही सिंहदरबारस्थित आफ्नै भवनबाट सञ्चालन हुन्थ्यो । कोरोना महामारीका कारणले निर्माणमा समस्या भएपछि दुई पटक म्याद थप्दा पनि निर्धारित समयमा पूर...

असोज १६, २०८०

हिमालयन बैंक लिमिटेडले काठमाडौंको न्यूरोडस्थित आफ्नै जग्गामा भवन निर्माण शुरू गरेको छ ।​​ बैंकले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरीमा यही असोज १२ गते शुक्रवार भवन निर्माणको लागि शिलान्...

असोज १६, २०८०

सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम खरिद अनुगमन कार्यालयको असोज १५ गतेको निर्णयानुसार ती कम्पनीलाई कालोसूच...

असोज १६, २०८०

निरन्तर घाटाको रटान लगाउँदै आएको नेपाल आयल निगमले प्रतिलिटर १०२ रुपैयाँमा किनेको पेट्रोल १८३ रुपैयाँमा बेच्ने गरेको छ । ६२ प्रतिशतभन्दा बढी कर तथा विभिन्न खर्च जोडेर उपभोक्ताको ढाड सेकिँदै आएको हो । ...

असोज १६, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर १ हजार ९ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका दुई सय ८१ कम्पनीको...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x