०५ साउन २०८३, मंगलबार

नेपाली मूलकी किशोरीले दिइन् ‘द भ्वाइस’को अमेरिकी संस्करणमा लोभलाग्दो प्रस्तुति, चारैजना कोच भए ‘टर्न’

नेपाली मूलकी किशोरीले दिइन् ‘द भ्वाइस’को अमेरिकी संस्करणमा लोभलाग्दो प्रस्तुति, चारैजना कोच भए ‘टर्न’

गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीया किशोरी परिजिता बाँस्तोलाले लोभलाग्दो प्रस्तुति दिएकी छन् । मंगलवार राति शोको ब्लाइण्ड अडिसनमा उनले प्रस्तुति गर्दा चारैजना कोच मन्त्रमुग्ध भए । उनको प्रस्तुतिमा सबै कोच टर्न भएका थिए । उक्त शो मा जोन लेजेण्ड, क्यामिला काबेलो, ग्वेन स्टेफानी र ब्लेक शेल्टन कोचका रूपमा भूमिका निभाइरहेका छन् । 

चारैजना कोचले परिजिताको गायकीको खुलेर प्रशंसा गरे । उनले तिमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाएकी थिइन् । निर्णायकहरूले उनीसँग सहकार्य गर्न गाउँदा खुशी लागेको समेत बताए । 

परिजिताले आफ्नो कोच छान्नुअघि चारैजना निर्णायकलाई नेपालबाट लगेको रुद्राक्षको माला घाँटीमा लगाइदिएकी थिइन् । परिजिताको प्रस्तुतिको भिडियो सार्वजनिक भएसँगै चौतर्फी तारिफ भइरहेको छ । नेपालीहरूले पनि उनको निकै प्रशंसा गरेका छन् । पूर्वमिस नेपाल शृंखला खतिवडाले ‘वाह’ लेख्दै परिजिताको प्रस्तुतिको भिडियो ट्वीटरमा शेयर गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्