०५ साउन २०८३, मंगलबार

महानगर यातायातको थप १० वटा टाटा अल्ट्रा बस संचालनमा

महानगर यातायातको थप १० वटा टाटा अल्ट्रा बस संचालनमा

 महानगर यातायात प्रालिले १० थान टाटा एलपीओ बस सञ्चालनमा ल्याएको छ ।

काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमामा निरन्तर सेवा दिँदै आएको यस यातायातले घटस्थापनाको  दिन पारेर १० थान टाटा एल. पी. ओ. ८.५ अल्ट्रा बस थप गरी सञ्चालनमा ल्याएको हो ।

कम्पनीले यसअघि ९ थान सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित  यात्रुवाहक बस संचालन गर्दै आएको थियो ।

सिप्रदी ट्रेडिङ्गका प्रमुख प्रबन्धक कृष्ण चन्दका अनुसार टाटा मोटर्सद्वारा उत्पादित यस बसमा १४० हर्ष पावरको शक्तिशाली इन्जिन रहेको छ ।

हाइ व्यक सिट, मिडल डोर तथा पराबोलिक लिफ स्प्रिंग सस्पेन्सन रहेको यस गाडीले आरामदायी यात्रा सुनिश्चित गर्छ । 

यसको बडी भने बडी निर्माण कम्पनी मार्कोपोलोद्वारा गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्