×

NTC

फोनपेमार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने

असोज १२, २०७९

IME BANK INNEWS
Sarbottam
Premier Steels
Marvel

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआरमार्फत भाटभटेनी सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ गर्न सकिने योजना सञ्चालन गरिएको हो ।

yONNEX
Sagarmatha Cement

यस योजनाअन्तर्गत फोनपे मार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ गर्न सक्नेछन् । साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्नेछन् । यो भौचर फोनपे अफर एपमा आउनेछ र विजेता हरेकदिन भाटभटेनीको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण मार्फत सार्वजनिक गरिनेछ । 


Advertisment
RMC TANSEN
shivam ISLAND

यसका साथै आम मानिसलाई सपिङ गर्न सहज होस् भन्ने उद्धेश्यले फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेलाई निशुल्क भाटभटेनीको झोला प्राप्त हुनेछ । यो योजना कार्तिक १३ गतेसम्म सञ्चालन हुनेछ । 


Advertisment
Kumari
MAW JCB

यसैगरी फोनपेले दशैंको अवसरमै ‘चाडबाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना समेत सञ्चालन गरेको छ । यस योजनाअन्तर्गत हरेक दिन फोनपे मार्फत क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सक्नेछ । 

Vianet communication
Laxmi Bank

यो योजना ग्राहकहरुका लागि असोज १३ गतेसम्म लागु हुनेछ । यसैगरी क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसङको आकर्षक मोबाइल फोन जित्न सक्नेछन् । 

मर्चेन्टहरूको यो योजना कार्तिक १२ गते ४० दिन सम्मका लागि लागू हुनेछ । फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गई चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ । 

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका  मोबाइल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाइल नम्बर राखी कुनै पनि बैंकको खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ । 

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड  ५० लाखभन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्स मार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १६, २०८०

टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने भएको छ ।​ टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपाल सार्...

कात्तिक २०, २०८०

सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रवार राति गएको भूकम्पबाट पीडित तथा प्रभावित भएकाहरूका लागि २५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।  उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ...

कात्तिक २२, २०८०

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैठौं संस्करण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कात्तिकको २५ गतेबाट शुरू हुने यो सेलमा ग्राहकहरूले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, मनोरञ्जनल...

कात्तिक २५, २०८०

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...

कात्तिक १८, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको विनाशकारी भूकम्पका पीडितहरूलाई राहत, उद्धार र उपचारका लागि एनसेलले ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । साथै, भूकम्पप्रभावित जिल्लाका बासिन्दालाई ४० लाख ब्यालेन्...

कात्तिक २२, २०८०

एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत मंगलवार थप ३ जना ग्राहकलाई बम्पर पुरस्कारस्वरुप स्कुटर प्रदान गरेको छ । उक्त पुरस्कार काठमाडौंको नयाँ बानेश्वर, भैर...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x