
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआरमार्फत भाटभटेनी सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ गर्न सकिने योजना सञ्चालन गरिएको हो ।
यस योजनाअन्तर्गत फोनपे मार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ गर्न सक्नेछन् । साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्नेछन् । यो भौचर फोनपे अफर एपमा आउनेछ र विजेता हरेकदिन भाटभटेनीको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण मार्फत सार्वजनिक गरिनेछ ।
यसका साथै आम मानिसलाई सपिङ गर्न सहज होस् भन्ने उद्धेश्यले फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेलाई निशुल्क भाटभटेनीको झोला प्राप्त हुनेछ । यो योजना कार्तिक १३ गतेसम्म सञ्चालन हुनेछ ।
यसैगरी फोनपेले दशैंको अवसरमै ‘चाडबाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना समेत सञ्चालन गरेको छ । यस योजनाअन्तर्गत हरेक दिन फोनपे मार्फत क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सक्नेछ ।
यो योजना ग्राहकहरुका लागि असोज १३ गतेसम्म लागु हुनेछ । यसैगरी क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसङको आकर्षक मोबाइल फोन जित्न सक्नेछन् ।
मर्चेन्टहरूको यो योजना कार्तिक १२ गते ४० दिन सम्मका लागि लागू हुनेछ । फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गई चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ ।
फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाइल नम्बर राखी कुनै पनि बैंकको खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ ।
फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाखभन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्स मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।